बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

व्यस्त सडकबाट १७ करोडको सुनको सिक्का रहेको भाँडो चोरेर व्यक्ति फरार

बुधबार, ०६ पुस २०७३, ११ : ४१
बुधबार, ०६ पुस २०७३

न्युयोर्क – गत सेप्टेम्बरमा बैंकको बख्तरबन्द गाडीबाट करोडौँ रुपैयाँ मूल्य पर्ने सुनको सिक्का रहेको भाँडो चोरेर फरार रहेको व्यक्तिलाई प्रहरीले अझै पनि पक्राउ गर्न सकेको छैन ।

म्यानहाटनको व्यस्त सडकमा रोकिएको गाडीबाट करिब ८६ पाउण्ड वजन भएको भाँडो चोरेर ती व्यक्ति फरार भएका थिए ।

न्युयोर्क पुलिस डिपार्टमेन्ट (एनवाईपिडी) ले चोरी भइरहेको भिडियो सार्वजनिक गरेपछि समाजिक सञ्जालमा त्यो निर्क भाइरल भएको थियो । तर, प्रहरीलाई भने सफलता हात पारेको छैन ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा सडक छेउमा रोकिएको बख्तरबन्द गाडी देखिन्छ । तर त्यसको सुरक्षाको लागि कोही पनि हुँदैनन् । त्यही मौका पारेर ती व्यक्ति गाडीमा पुगेर सुनले भरिएको भाँडो बोकेर फरार हुन्छन् ।

घटना भएको ३ महिनापछि बल्ल प्रहरीले घटनाको दोषीको नाम सार्वजनिक गरेको छ । चोरी गर्ने व्यक्ति ५३ वर्षीय हुलियो निभेलो रहेको प्रहरीले बताएको छ । उनी लस एन्जलिस क्षेत्रमा हुन सक्ने बताइएको छ ।

उक्त भाँडोमा १.६ मिलियन डलर बराबरको सुन रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप