बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रत्येक सेकेण्ड १ पाउण्ड कमाउने पहिलो फुटबल खेलाडी बन्दै टेभेज

बुधबार, ०६ पुस २०७३, १३ : १२
बुधबार, ०६ पुस २०७३

ब्युनोस आर्यस – अर्जेन्टिनी खेलाडी कार्लोस टेभेज बोका जुनियर्स छाडेर चिनियाँ क्लब शानघाई सेन्हवासँग आबद्ध हुने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार चिनियाँले टेभेजलाई अहिलेसम्म कुनै पनि फुटबलरले नपाएको तलब सुविधा अफर गरेको छ ।

हो, अहिले विश्वका सर्वोत्कृष्ट फुटबलद्वय लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा पनि धेरै तलब सुविधा अफर गरिएको छ । मेस्सी र रोनाल्डो दुवैले हप्ताको ३ लाख ६५ हजार पाउण्ड कमाउँछन् । दुवैलाई जोडे हप्ताको ७ लाख ३० हजार पाउण्ड हुन्छ । टेभेजलाई चिनियाँ क्लबले ६ लाख १५ हजार पाउण्ड प्रतिहप्ताको अफर गरेको छ ।

यसको अर्थ उनले अब

वर्षको ३.२ करोड पाउण्ड कमाउनेछन् ।

दिनको ८८ हजार पाउण्ड कमाउनेछन् ।

घण्टाको ३ हजार ६ सय पाउण्ड कमाउनेछन् ।

मिनेटको ६० पाउण्ड कमाउनेछन् र,

प्रत्येक सेकेण्ड एक पाउण्ड कमाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप