किशोरीको सक्रियतामा तेह्र बालविवाह रोकिए
बुधबार, ०६ पुस २०७३, १४ : ५२
बैतडी - किशोरीको सक्रियतामा जिल्लामा १३ वटा बालविवाह रोकिएका छन् ।
महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका महिला विकास अधिकृत अनिता बुढा ऐरकाअनुसार वैशाखदेखि हालसम्म जिल्लामा १३ वटा बालविवाह रोकिएका छन् ।
“बैतडीमा बालविवाह दर बढी हुने गरे पनि पछिल्लो समय रोकथामका लागि थुप्रै पहल हुन थालेका छन्” उनले भनिन् —बालविवाह न्यूनीकरण गर्नका लागि बैतडीका– १६ गाविसमा किशोरी वृत्त गठन गरिएको छ ।
ती वृतको सक्रियताले वाल विवाह हुने दरमा न्यूनिकरण भए पनि पूर्ण रुपमा भने नियन्त्रण गर्न नसकिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
‘बालविवाह परम्परागत चलन भएकाले एकाएक नियन्त्रण गर्नु चुनौतीपूर्ण छ, त्यसमा पनि बालबालिका स्वयम्ले लहलहैमा लाग्न थालेपछि झन् अप्ठेरो भएको छ,’ अधिकृत शाहीले भने “छोरीहरूको सङ्ख्या बढी भएको, आर्थिक अवस्था कमजोर भएको र दलित परिवारमा बालविवाह बढी हुने गरेको पाइएको छ ”
सुदूरपश्चिममा बालविवाहको प्रचलन धेरै भए पनि त्यसमा आमाबुबा मात्र नभई स्वयम् किशोरकिशोरी समेतको राजीखुसी हुने गरेको पाइएको संयुक्त राष्ट्रङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण