मध्यम वर्गको आवश्यकता, सपना, महत्वकांक्षा : 'भोको घर'
बुधबार, ०६ पुस २०७३, १५ : ०२
काठमाडौं – सुनधारास्थित थिएटर मल नाटकघरमा पुस १ गतेदेखि नाटक ‘भोको घर’ मञ्चन भइरहेको छ । प्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’को यो नाटक युवा रंगकर्मी केदार श्रेष्ठको परिकल्पना तथा निर्देशनमा मञ्चन थालिएको हो ।
मध्यम वर्गको आवश्यकता, सपना, महत्वकांक्षाका साथै समस्या र दुर्घटनाको बिषय नाटकले उठाउन खोजेको छ ।
तीसको दशकमा लेखेका यो नाटक अहिले पनि उत्तिकै सान्दर्भिक भएको निर्देशक श्रेष्ठले बताए । ८ वर्ष अघि श्रेष्ठले यस नाटकमा आफैले अभिनय गरेका थिए । कला र प्रविधिको माध्यमले समसामयिक बनाएर अहिले नाटक प्रस्तुत गरिएको हो ।
नाटकमा आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी र अभय बराललगायतले अभिनय गरिरहेका छन् । नाटलाई सजाउने काम मञ्च तथा प्रकाश परिकल्पनाल घनश्याम श्रेष्ठले गरेका छन् ।
पुस २३ गतेसम्म चल्ने नाटक बुधबार बाहेक हरेक सा“झ ५ बजे मञ्चन हुनेछ । शनिबार दिउ“सो १ः३० बजे पनि अतिरिक्त शो राखिएका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण