मौरीको चरन क्षेत्र मासिँदा मौरीपालक किसानलाई समस्या
बुधबार, ०६ पुस २०७३, १० : ५८
कञ्चनपुर - लगानी अनुसारको आम्दानी गर्न नसकिएपछि मौरीपालक किसान मारमा परेका छन् ।
चरनक्षेत्रको अभावका कारण मह न्यून मात्रामा उत्पादन हुन थालेपछि किसान अन्य पेसा अपनाउन बाध्य भएका छन् । पाँच वर्ष अघिदेखि मौरीपालनमा लागेका शङ्करपुर गाविस– ७ का नरेश बोहराले आम्दानी लिन नसकेपछि व्यवसाय नै छाडेका छन् ।
दोदा नदीको बाढीले खेतबारी बगाएपछि उनले मौरीपालन व्यवसाय अपनाउनुभएको हो । “लगानी अनुरुप मह उत्पादन हुन सकेन्,” उनले भने।
त्यसैगरी सेरेना र मेलिफेरा जातको मौरीपालन गर्दै आएका भीमदत्त नगरपालिकाका हर्कबहादुर थापा लगानी उठ्न नसकेपछि व्यवसाय त्यागेको बताउँछन् । मौरीपालकलाई तालिम र ज्ञानको अभाव रहेको उनको भनाइ छ ।
जिल्लाको बेलौरी, पुर्नवास, भीमदत्त नगरपालिकाका चारवटा ठाउँमा नमुना प्रदर्शन गरी किसानलाई मौरीका घार निःशुल्क वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी बताउँछन् । वार्षिक तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म माहुरीको मह उत्पादन हुने गरेको उनले बताए ।
जियो लाइट जडान गर्न सम्झौता
खानेपानीमा चुनाको समस्या हटाउनका लागि भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित महेन्द्रनगर साना सहरी खानेपानी तथा सरसफाइ समितिले जियो लाइट प्रविधि जडानका लागि नगर विकास कोषसँग ऋण सम्झौता गरेको छ ।
समिति र कोषबीच जियो लाइट प्रविधि जडानका लागि रु छ करोड सात लाख ३९ हजारको ऋण सम्झौता भएको छ । समितिका अध्यक्ष अफिलाल जोशीका अनुसार नगर विकास कोषले उपलब्ध गराउने ऋण र अनुदान रकम बाहेक उपभोक्ताले रु चार लाख २९ हजार व्यहोर्नु पर्नेछ । दुई हजार ४०० परिवारले खानेपानीको उपभोग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण