राजनीतिका पहिलो पुस्ताको आदर्शलाई अनुसरण गर्न स्वास्थ्य मन्त्री थापाको आग्रह
जनकपुरधाम - स्वास्थ्यमन्त्री गगन थापाले राजनीतिका पहिलो पुस्ताको आदर्शलाई अनुसरण गरेमा राजनीतिक मूल्यमान्यता जीवन्त हुन सक्ने बताएका छन् ।
प्रजातान्त्रिक योद्धा स्व रामनारायाण मिश्रको ४९ पुण्यतिथिका अवसरमा आज जनकपुरमा आयोजित श्रद्धाञ्जलि र प्रार्थनासभामा उनले आजका पुस्ताले राष्ट्रिय चिन्तनलाई गलत ढङ्गले बङ्ग्याउन उद्यत रहेकाले राष्ट्र सङ्कटमा अल्झेको छ भने। उनले प्रजातान्त्रिक योद्धा मिश्र इतिहासका प्रतीक भएकाले उनलाई भूगोलको एउटा कुनामा मात्र सीमित गर्न नहुने धारणा व्यक्त गरे ।
मन्त्री थापाले मिश्रको आदर्शअनुसार राजनीतिलाई आत्मकेन्द्रित, र , सङ्कीर्ण नबनाइ लोकसेवामा समर्पण गर्नुपर्ने बताउँदै पहिलो पुस्ताद्वारा बीजारोपण गरिएको प्रजातन्त्रलाई जनताको तहसम्म प्रत्याभूति गराउनु सबैको दायित्व हो भने ।
सांसद डा विजयकुमार सिंहले मिश्र जनतासँग संवाद गरी जनताकै हितका लागि सधैँ अग्रसर रहने व्यक्तित्व भएको उल्लेख गरे । रामनारायण मिश्र स्मारक समितिका सदस्य किशोरी साहले मिश्रको स्मारकका लागि समितिकै नाममा जग्गादर्ता भए पनि सक्रियता नहुँदा समितिको योजना कार्यान्वयन हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण