पुननिर्माण प्राधिकरणको काम गर्ने शैली : अझैं शुरु भएन भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण
बुधबार, ०६ पुस २०७३, १५ : ४०
काठमाडौं– भूकम्प गएको २० महिना बितिसक्दा पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रभावित १७ जिल्लामा अझै सर्वेक्षणको काम शूरु गरेको छैन् । पुननिर्माण प्राधिकरणको ढिलाईका कारण पीडितले राहत पाउन सकेका छैनन् ।
अतिप्रभावित ११ जिल्लामा पहिलो किस्तावापतको ५० हजार रुपैयाँ बल्ल–तल्ल वितरण गरेपनि अन्य प्रभावित जिल्लामा भूकम्पपीडितको अवस्थाबारे अझै सर्वेक्षणको काम नै शूरु हुन सकेको छैन । भूकम्पप्रभावित १४ जिल्ला मध्ये काठमाडौं उपत्यकामा अनुदान सम्झौता भएको १ महिना बितिसक्दा पनि प्राभावितले अझै पनि पहिलो किस्ता वापतको रकम पाउन सकेका छैनन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको कार्यकारी समितिले १७ जिल्लाको सर्वेक्षण गर्ने निर्णय गरेपनि प्राधिकरणकै जिम्मेवार व्यक्तिहरुले काम रोकिरहेको प्राधिकरणका एक पदाधिकारीले बताए । काम भन्दा बैठक धेरै –प्रभावित १७ जिल्लामा पुनर्निमार्णको कुरै छोडौँ सर्वेक्षण समेत शुरु नगरेको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले केन्द्रीय कार्यालयमा भने हरेक दिन जसो छलफल, गोष्ठि गर्ने गरेको छ । –प्राधिकरणका कर्मचारी नै काम भन्दा धेरै छलफल हुने गरेको गुनासो गर्छन् । इन्जिनियरको फिल्मका गफको समाचार जोड्ने –अहिले विभिन्न जिल्लाहरुमा गोष्ठि गराउनका लागि प्राधिकरणका सदस्यहरुलाई खटाएको छ । जिल्ला समन्वय समितिहरुको बैठकका लागि कार्यकारी समितिका सदस्य ध्रुव्रप्रसाद शर्माको टोली धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बुमा, चन्द्रबहादुर श्रेष्ठको टोली लम्जुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्यादी र स्याङजामा, प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको टोली चितवन, नवलपरासी, अर्घाखाँची, गुल्मी र पाल्पामा हुने बैठकमा सहभागी हुने कार्यक्रम राखिएको छ ।भूकम्पपीडितका दुःख जहाँको त्यहीँः प्राधिकरणका इन्जिनियर फिलिमका हिरो–हिरोइनको चर्चा गर्न व्यस्त (सुन्नुहोस अडियो)
काम रोक्न कर्मचारी नै सक्रिय
–राष्ट्रिय पुननिमार्ण प्राधिकरणले पदाधिकारी पाएर काम थालेको १ बर्ष पुगिसक्दा पनि कूल दरबन्दीको एक चौथाइ हाराहारी कर्मचारी अझै अपुग छ । –थप कर्मचारी ल्याउन नदिन प्राधिकरण भित्रकै कर्मचारीहरु चलखेलमा लागेका कारण कर्मचारीले पूर्णता नपाएको प्राधिकरणका एक पदाधिकारीले नाम नबताउने सर्तमा रातोपाटीलाई बताए । –प्राधिकरणका सहसचिव एवं प्रवक्ता रामप्रसाद थपलियाले विभिन्न ग्रैहसरकारी संस्थाका फाइल अड्काउने देखि कर्मचारी नियुक्तिमा पनि हस्तक्षेप गर्ने गरेको ती पदाधिकारीले बताए । –ती पदाधिकारीले भने, ‘उहाँले विभिन्न गैह्र–सरकारी संस्थाहरुको फाइल अड्काएर राख्नुभएको छ, किन राख्नुभएको हो, त्यसमा शंका गर्नुपर्ने ठाँउ छ ।’ सहसचिव थपलियाले प्रक्रिया पूरा गरेर काम गर्न आएका त्यस्ता संस्थाहरुको फाइल अगाडि नबढाँउदा काम रोकिने गरेको उनको भनाई छ । केही संस्थाको फाइल ६ महिनादेखि रोकिएको उनले बताए । यता प्राविधिकको राजीनामा –एकातिर भूकम्प प्रभावित जिल्लामा सर्वेक्षणको काम वाँकी छ भने अर्कोतिर प्राधिकरणमा जागीर खाएका सवै प्राविधिकले मंगलवार राजीनामा गरेका छन् । सूविधा थप्न आन्दोलन गर्दै आएका उनीहरुले माग पुरा नभएको भन्दै राजीनामा दिएका हुन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण