बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काभ्रे मालपोतमा अनलाइन सेवा सुरु

बुधबार, ०६ पुस २०७३, ०८ : ४४
बुधबार, ०६ पुस २०७३

काभ्रे - जिल्लामा सेवाग्राहीलाई तुरुन्तै सेवा दिन आजदेखि अनलाइन सेवा सुरु भएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले सो सेवा शुभारम्भ गरेका हुन् ।

उनले अनलाइनबाट छिटो छरितो काम सम्पन्न हुने जनताको धन सुरक्षित हुने भएकाले लेखापढी व्यवसायीले पनि यसलाई साथ दिनुपर्छ भने । पहिलो चरणमा काभ्रेपलाञ्चोकको काशिखण्ड नगरपालिकाको खनालथोक, पनौती नगरपालिकाको ईन्द्रश्वर, पाँचखाल नगरपालिकाको साठीघर, कोसीपारिको सरमथली, गोठपानी, बेकसिम्ले, रविओपी, च्याम्म्राङबेशी र बनखुमा सो सेवा सुरु गर्न थालिएको कार्यालयल जनाएको छ ।

पहिलोपल्ट अनलाइनमार्फत टीकाराम तामाङ, कृष्णबहादुर तामाङ, धमाई सिंह तामाङलाई लालपुर्जा वितरण गरिएको थियो । बिगतमा लालपूर्जा वितरण धेरै झन्झटिलो हुने, कीर्ते काम हुने र जग्गा असुरक्षित हुनेजस्ता समस्या अनलाइनले निराकरण गर्ने मालपोत अधिकृत टङ्कप्रसाद उपाध्यायले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप