बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरक्षित बनाउन भिसा कार्ड ‘इएमभी चिप’मा

बुधबार, ०६ पुस २०७३, १६ : १७
बुधबार, ०६ पुस २०७३

काठमाडौँ - बैंक तथा वित्तीय संस्थाद्वारा जारी हुने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप’मा आधारित हुने भएको छ ।

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)ले यस सम्बन्धी तयारी पूरा गरेको हो । नेप्ससँग आवद्ध बैंक तथा वित्तीय संस्थाले कार्ड सेवा प्रदायकसँग समन्वय गरी इएमभी भिसा चिप कार्ड जारी गर्न सक्नेछन् ।

इएमभी चिपमा आधारित कार्डमा डाटा नक्कल एवम् चोरी गर्न नमिल्ने भएकाले यस किसिमको कार्डलाई सुरक्षित र भरपर्दो मानिन्छ । नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा म्याग्नेटिक स्ट्रिप कार्ड ९एमएससी० प्रयोग गरेका कारण विगतका दिनमा भोग्दै आएका चोरी एवम् छलिका घटनालाई निरुत्साहित गर्न तथा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख भएअनुसार एमएसी कार्डलाई विस्थापित गरी इएमभी चिप कार्डको अनिवार्यतालाई दृष्टिगत गरी सो प्रविधि ल्याइएको नेप्सका आर्थिक एवम् प्रशासन व्यवस्थापक मानबहादुर खत्रीले बताए।

“कम्पनी पिसीआई पिन सेक्युरिटी तथा पिसीआई डिएसएस भर्जन ३।१ सर्टिफाइड रहेकोले यसबाट सञ्चालन गरिएका कार्ड भरपर्दा तथा अत्यधिक सुरक्षित हुन्छन्,” उनले भने ।

विश्व बजारमा अत्याधुनिक पेमेन्ट प्रणालीको विकास एवम् विस्तार भइरहेका बेला नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाको संयुक्त प्रयासमा सरल, सुलभ, आधुनिक तथा सुरक्षित रुपले कार्ड सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले नेप्सको स्थापना भएको हो । कम्पनीले आवद्ध संस्थालाई भिसासँगको सहकार्यमा विभिन्न कार्ड जारी गर्न आवश्यक सबै व्यवस्था मिलाउँदै आएको छ ।

कम्पनीले सनराइज बैंक लिमिटेड, जनता बैंक नेपाल लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, एनआइसी एसिया बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र काष्ठमन्डप डेभलपमेन्ट बैंक लिमिटेडलाई भिसा कार्ड सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप