एमाले अध्यक्ष ओली र पूर्व सांसद मञ्चका टोलीबीच भेटवार्ता
बुधबार, ०६ पुस २०७३, ०८ : १८
भक्तपुर - संविधान संशोधनको विषयमा छलफल गर्न आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व सांसदमञ्चका टोलीबीच भेटवार्ता भएको छ ।
भक्तपुरको बालकोटस्थित ओली निवासमा मञ्चका अध्यक्ष ओमप्रकाश श्रेष्ठसहितको पदाधिकारी टोली र अध्यक्ष ओली बीच भएको भेटवार्तामा सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयककाबारेमा छलफल भएको सहभागी मञ्चका विश्वेश्वरा दाहालले जानकारी दिए ।
सरकारले संविधान संशोधन विधेयक तत्काल फिर्ता लिई संसद् खुलाएर निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने बिषयमा छलफल भएको उनले जानकारी दिए ।
सो अवसरमा एमाले अध्यक्ष ओलीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुको विकल्प नभएको बताउँदै प्रस्ताव फिर्ता भए मात्रै समस्याको निकास निस्कने बताए ।
मुलुकलाई नै सङ्कटमा पार्ने गरी संशोधन प्रस्ताव आएकाले त्यसलाई स्वीकारेर जान नसकिने ओलीको धारणा रहेको मञ्चका विश्वेश्वरा दाहालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण