बन्द गराउन हिँडेका विप्लवका ११ जना कार्यकर्ता राजधानीका विभिन्न स्थानबाट पक्राउ
काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीका जनवर्गीय संगठनले बिहिबार उपत्यका बन्दको घोषणा गरेका छन् । यस क्रममा बन्द गराउन हिँडेका पार्टीका ११ जना कार्यकता राजधानीबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई दिएको जानकारी अनुसार राजधानीका विभिन्न क्षेत्रबाट बिहान ४ बजेतिर उनीहरु पक्राउ परेका हुन् । शाहका अनुसार बागबजार क्षेत्रबाट ५ जना, बबरमहल क्षेत्रबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ता पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा कृष्ण सेवा, केस सन्जेल, प्रदिप जंग शाही, लोकेश विश्वकर्मा, राम बहादुर विश्वकर्मा, सुरज खड्का, राजन गिरी, सरोज पराजुली लगायत छन् ।
उनका अनुसार हालसम्म आगजनी र तोडफोडजस्ता कुनै अप्रिय घटना हुन दिइएको छैन ।
बन्द घोषणापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपानाइएको छ । प्रहरी बिहानै देखि राजधानीका मुख्य चोकमा तैनाथ छन् भने बारम्बार गस्ती गरिरहेका छन् ।
भाडाका सवारी थोरै मात्रामा चलिरहेका छन् भने निजी सवारी विशेष गरेर मोटरसाइकलको सडकमा बाक्लो उपस्थिति रहेको छ ।
पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा विप्लव नेतत्वको माअोवादीका जनवर्गीय संगठनले बुधवार उपत्याका बन्दको घोषणा गरेको थियो। राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्ल, अखिल क्रान्तिकारी ट्रेड यूनियनका केन्द्रीय सदस्य अनुप शर्मा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पूर्णबहादर सिंहले विज्ञप्ती निकालेर बन्दको घोषणा गरेका हुन् । यस अघि उनीहरुले आयल निगम बाहिर प्रर्दशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण