चिनियाँ बनाउँदैछन् कलंकीमा सडकमुन्तिर अर्को सडक (फोटोफिचर)
बिहीबार, ०७ पुस २०७३, ०८ : ५९
काठमाडौँ – राजधानीको कलंकी देशकै सबैभन्दा धेरै सवारी जाम हुने ठाँउ भन्दा फरक नपर्ला ।
यही कलंकी हुँदै सवारीसाधन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म राजधानीबाट छुट्ने र भित्रने गर्छन् ।
हरेक साँझ र विहान काठमाडौंको कलंकीमा भीड जम्मा हुन्छ भने कलंकी चोक पार गर्न गाडीहरु पालो कुर्नु पर्ने बाध्यता छ ।
तर अब केही महिनामै कलंकीको यात्रा सहज हुने भएको छ । चिनियाँ सहायतामा बन्ने अण्डर पास रोड (सडकमुन्तिरबाट सडक) का कारण काठमाडौं बाहिरिने र भित्रने यात्रुलाई सहज हुने भएको हो ।
आजकल कलंकीमा बीच सडकमा जस्ता पाताले बेरेर चीनियाँ कामदारहरु सडकमूनि सडक बनाउन दिनरात खट्टिरहेका छन् । बीच सडकमुनि १ सय १५ फिटे पिलर राखेर सडक खन्ने काम भइरहेको छ ।
सडक निमार्णका लागि चीनबाट आएका कामदारसँगै नेपाली श्रमिकहरुले सघाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण