रिजेन्ट एयरवेजको नेपालमा पहिलो उडान
काठमाडौँ – बंगलादेशी विमान कम्पनी रिजेन्ट एयरवेजले आज औपचारिकरुपमा काठमाडौ उडान आरम्भ गरेको छ । नेपालका लागि जिएसए लिएको हार्भेष्ट मुन ट्राभल एण्ड टुर्सले आज पहिलो उडानमा नेपाल आएका यात्रु र ढाका उडन लागेका यात्रुलाई सम्मान गर्दै रिजेन्ट एयरवेजको औपचारिक शुभारम्भ गरेको हो ।
अपरान्ह ४ः३० मा त्रिभुवन विमानस्थलमा अवतरण गरेको रिजेन्ट एयरवेजको विमानलाई हार्भेष्ट मुन ट्राभलका अध्यक्ष राम श्रेष्ठसहितको टोलीले ढाकाबाट आएका यात्रुको सम्मानसहित पानीको फोहोरा र केक काटेर विमानको स्वागत गरेका थिए । पहिलो उडानमै करिब ६० यात्रु बोकेर विमान साझ बंगलादेशको ढाका फर्कियो र ढाका उडानमा रहेका यात्रुलाई पनि सम्मान गरिएको थियो ।
पहिलोपटक सिधै बंगलादेशमा उडान सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै हार्भेष्ट मुन ट्राभलका अध्यक्ष राम श्रेष्ठले भने– ‘पहिलो उडानमै यात्रुहरुको चाप र खुसीले हामीलाई धेरै उत्साह थपिदियो जसले अबका दिनमा अन्तर्राष्ट्रिय उडानमा उत्कृष्ट सेवा दिन हामीलाई थप चुनौती थपिएको छ ।’
‘बंगलादेशमा उडान आरम्भ गर्न पाएकोमा हामी खुसी छौ, अब हामी कतार, ओमान र साउदीमा पनि उडान थाल्नेछौ ।’ हार्भेष्ट मुनका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘नेपाल आउने तथा नेपालबाट विदेश जाने स्वदेशी तथा विदेशी नागरिकलाई सस्तो, सहज र सुविधायुक्त सेवा प्रदान गर्नुपर्छ भन्ने दायित्व स्थापित गर्ने उद्देश्यसहित हामीले यो उडान आरम्भ गरेका हौ ।’
पर्याप्त उडान नहुँदा विदेशिने नेपाली र नेपाल आउन चाहने पर्यटकहरु प्रभावित भैरहेको अवस्थामा रिजेन्ट एयरवेजको उडान आरम्भ अवश्य पनि नेपाली वायुसेवा क्षेत्रका लागि उत्साहजनक थालनी हो । ‘कोहीसँग प्रतिष्पर्धा गर्न नभएर नेपाल आउन चाहने र बाहिर जान चाहने नेपाली तथा विदेशीहरुका सहजताका लागि हामीले यो कदम उठाएका हौ, यसले यात्रुहरुका लागि थप सुविधा पुग्नेका विश्वस्त छौ,’ श्रेष्ठ भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण