निर्वाचनसँग सम्बन्धित प्रस्तावित विधेयकलाई अध्ययन गर्न उपसमिति गठन
काठमाडौँ - निर्वाचनसँग सम्बन्धित तीनवटा प्रस्तावित विधेयकलाई विस्तृत अध्ययन गरी सुझाव दिन व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले उपसमिति गठन गरेको छ ।
समितिको आज बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । सो उपसमितिमा नेपाली काँग्रेसका तर्फबाट आनन्द ढुङ्गाना, ईश्वरी न्यौपाने र रामकृष्ण यादव, नेकपा एमालेका तर्फबाट गङ्गालाल तुलाधर, मानप्रसाद खत्री र रामेश्वर फुयाँल रहेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट रेखा शर्मा, सन्तुकुमार दराई, तराई मधेस केन्द्रित दलका तर्फबाट धर्मेन्द्र साह तेली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विक्रमबहादुर थापा र साना दलका तर्फबाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल सो उपसमितिमा रहेका छन् ।
राज्यव्यवस्था समितिमा हाल निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३, राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ र मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ विचाराधीन अवस्थामा रहेका छन् ।
ती विधेयकबारे विस्तृत अध्ययन गरी १५ दिनभित्र समितिसमक्ष सुझाव प्रस्तुत गर्न उपसमितिलाई समयावधि तोकिएको छ ।
यसैगरी समितिको वार्षिक प्रतिवेदन तयार गर्न गठित उपसमिति, सामाजिक सुधार व्यवहार ऐन, २०७३ अध्ययन उपसमिति, टीकापुर घटना अध्ययन उपसमिति र सशस्त्रवल प्रहरी नियमावली अध्ययन उपसमितिको समयावधिसमेत १५ दिनका लागि थप गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण