सभासद् चन्द बैतडीमा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति
बैतडी - जिल्लामा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति नेपाली काँग्रेसका नेता तथा बैतडी क्षेत्र नं २ का सांसद नरबहादुर चन्द बनेका छन् ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आजदेखि सुरु गरेको सो बिमा दर्ता शुभारम्भका क्रममा उनले आफ्नै बिमा गराउनुभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणराज अवस्थीले जानकारी दिए ।
सांसद चन्दले सबैमा स्वास्थ्य बिमा गर्न आग्रह पनि गरेका छन् ।
डा लोहनीले गरिब नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन स्वास्थ्य बिमा ल्याइएको बताए ।
कैलाली, बागलुङ र इलाममा सञ्चालन गरिएको यो कार्यक्रम सुदूरपश्चिमका बैतडी र अछामसहित २५ जिल्लामा विस्तार गरिने उहाँले जानकारी दिए।
स्वास्थ्य बिमाका लागि पाँचजनाको परिवारले रु दुई हजार ५०० जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार बराबरको उपचार निःशुल्क हुने व्यवस्था छ तर पाँचजनाभन्दा बढी परिवारका सदस्य भए रु४२५ का दरले थप शुल्क तिर्नुपर्ने छ ।
जिल्लामा स्वास्थ्य बिमा सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनोट गरिएको र उनीहरुले प्रत्येकको घरदैलोमा गएर यसबारे जानकारी गराएर सदस्यता वितरण गर्ने आयोजक संस्थाले जनाएको छ । पुस महिनाभरि दर्ता भएकाहरुले फागुनदेखि स्वास्थ्य बिमा सेवा पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण