सम्झौता गरेको हप्ता दिनमै फरफारक
खोटाङ - पूर्वाञ्चल सिँचाइ सवडिभिजन कार्यालय खोटाङको क्वार्टर निर्माणका लागि सम्झौता गरेको हप्तादिनमै फरफारक गरेको खुलासा भएको छ ।
रु पन्ध्र लाखको लागतमा निर्माण हुने कार्यालय प्रमुखको क्वार्टर गत असार मसान्तमा सम्झौता गरेर साउन पहिलो हप्ता फरफारक गरेको खुलासा भएको हो ।
रु पाँच लाखभन्दा बढीको योजना ठेक्का प्रक्रियामा गएर मात्र सम्झौता गर्नुपर्ने व्यवस्था भए पनि तत्कालीन कार्यालय प्रमुख राजेन्द्र देवले मिलेमतोमा ठेक्का आह्वान नगरी सम्झौता गरेर हप्तादिनभित्रै फरफारक गरेको पाइएको छ । अर्जुन–इन्द्र कन्सट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको क्वार्टर भवन अहिले अलपत्र अवस्थामा रहेको छ । निर्माणाधीन अवस्थामै रहेको क्वार्टर सम्पन्न गर्न रकम अभाव भएकाले थप रकम विभागसमक्ष माग गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुखको क्वार्टर भूकम्पले क्षति गरेपछि नयाँ भवन निर्माणका लागि विभागबाट योजना परेको थियो । सम्झौतामा तोकिएभन्दा बढी काम गर्न लगाएकाले अहिलेसम्म सम्पन्न गर्न नसकिएको ठेकेदार विष्णुकुमार श्रेष्ठ स्याण्डेले बताए । “सम्झौतापत्रमा उल्लेख गरिएभन्दा बढी काम गरी सकिएको छ”, उनले भने, “अब थप रकम पाएमा मात्र बाँकी रहेको काम पूरा गर्न सकिन्छ ।”
देवको पालामा जिल्लामा सञ्चालित अधिकांश योजना कामै नसकी फरफारक गरिएको स्रोतले दाबी गरेको छ । “तोकिएको समयमा काम नसके रकम फिर्ता गर्नुपर्ने हुन्छ”, स्रोतले भन्यो, “कमिसन लिएर कामै नसकी फरफारक गरिएको थियो ।”
सदरमुकाम दिक्तेलमै हुने गरेका यस्ता लापरबाहीका विषयमा सम्बन्धित निकाय मौन बस्ने गरेका छन् । जिल्लामा सञ्चालित विकास निर्माणका योजनाप्रति सबैले खबरदारी गर्नुपर्ने राप्रपा खोटाङका सहअध्यक्ष ललितकुमार राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण