अन्नपूर्ण पदमार्ग क्षेत्रमा गिद्ध गणना सुरु
मुस्ताङ - विश्वप्रसिद्ध पदमार्ग राउन्ड अन्नपूर्ण पदमार्ग क्षेत्रमा गिद्धको सङ्ख्याको गणना गर्न थालिएको छ । ग्लोबल प्राइमेट नेटवर्कले पदमार्गअन्तर्गत मुस्ताङको मुक्तिनाथ गाविसदेखि म्याग्दी, कास्की, लमजुङ, मनाङ लगायतको क्षेत्रमा गिद्धको सङ्ख्या र अवस्थाबारे अध्ययन गर्न थालेको हो ।
सन् २००१ देखि ६ वर्षसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को सहकार्यमा गिद्धको सङ्ख्या गणना गरिएपनि त्यसयता भने रोकिएको थियो । यसअघि गणना गरिएकै स्थानबाट फेरि गणना गर्न सुरु गरिएको नेटवर्कका कार्यक्रम निर्देशक दिक्पाल कर्माचार्यले जानकारी दिए ।
उहाँका अनुसार अहिलेसम्मको अध्ययनमा गिद्धको सङ्ख्या विगतको तुलनामा स्थिर नै देखिएको छ । मानवीय क्रियाकलापका कारण विश्वव्यापी रुपमै गिद्धको सङ्ख्या लोप हँुदै जाँदा आहार र सुरक्षित बासको अभावका कारण मुस्ताङ आसपासको क्षेत्रमा पनि यसको सङ्ख्या घटेको विगतको अध्ययनले देखाएको छ ।
“सन् २००१ देखि ६ सम्म आइपुग्दा यस क्षेत्रमा गिद्धको सङ्ख्या घट्दै गएको थियो, तर यो लामो अवधिपछि हेर्दा केही रुपमा बढेको पाएका छौँ”, उनले भने ।
टोलीले मुक्तिनाथ, लोप्रा, मार्फा र कोबाङ क्षेत्रमा अध्ययन गरिसकेको छ । म्याग्दी, लमजुङ, मनाङ क्षेत्रमा पनि थप अध्ययन गरिने निर्देशक कर्माचार्य जानकारी दिए । “यसको प्रतिवेदन हामीले सन् २०१७ सम्म एक्यापलाई उपलब्ध गराउनेछौँ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण