शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

नर्सका नजरमा : यसरी गरौँ नवजात शिशुको स्याहार

शनिबार, ०९ पुस २०७३, १४ : ०९
शनिबार, ०९ पुस २०७३

सुत्केरी अवस्थामा नवजात शिशुसँगै आमाको हेरचाह उत्तिकै महत्वपूर्ण हुन्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुन्छ । त्यसैले बच्चा सँगसँगै आमाको पनि खानपानमा ध्यान दिनु जरुरी हुन्छ । सुत्केरी अवस्थामा पोषिलो र भिटामिनयुक्त खाना आवश्यक पर्छ । खानपानसँगै आमा र बच्चाको सरसफाइमा समेत विशेष ध्यान दिनुपर्छ । त्यसैले, घरमा नै बच्चा जन्माउनु भन्दा आमा र बच्चा दुवैको सुस्वास्थ्यका लागि अस्पतालमा अथवा तालिम प्राप्त सुडेनीद्वारा प्रसूति गराउनुपर्छ । सुत्केरी महिलाको स्याहार गर्ने सही तरिकाबारे नोबेल मेडिकल कलेजकी नर्स अनुपमा न्यौपानेको सुझाब यस्तो छः

संक्रमणबाट बचाउन नाभीको सरसफाइ नवजात शिशु जन्मिएपछि सामान्यरूपले श्वास लिइरहेको छ वा छैन परीक्षण गर्नुपर्छ । श्वासप्रश्वासमा समस्या भएमा नाभी काटेर नवजात शिशुलाई तल्कालै कृत्रिम श्वासप्रश्वास दिनुपर्ने हुन्छ । तसर्थ यसबारे विशेष ध्यान दिनुपर्दछ । भिजेको कपडा नवजात शिशुबाट हटाउने र न्यानो पारेर आमाको नांगो पेट या छातीमा  टाँसेर राख्दै सुख्खा कपडाले छोपिदिने । नाभी काट्दा निर्मलीकरण गरिएका औजारको मात्र प्रयोग गर्नुपर्छ । धागो नाइटो बाँध्ने चिम्टीले बाँध्नुपर्दछ । रगत निस्किएको छ छैन हेर्नुपर्छ । नाभीमा केही पनि नलगाउने साथै नाभीलाई खुला छोडिदिनु पर्छ  । धेरैजसो सक्रमण सुरु हुने ठाउँ नाभी नै हो । यसलाई सफा तथा सुख्खा राख्नुपर्छ । नवजात शिशुलाई सक्रमणबाट बचाउन नाभीको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

आमाको दूध बच्चालाई पुगेको कसरी थाहा पाउने

शिशुको तौल बढे नबढेको हेरेर बच्चालाई आहार पुगेको थाहा पाउन सकिन्छ । सामान्यतया प्रत्येक महिना शिशुको तौल आधा किलो बढेको हुनुपर्छ ।

शिशुको तौल सोअनुसार नबढेमा आमाको दूध खान नपाएको बुझ्न सकिन्छ । त्यसैले नियमित बच्चाको तौल लिनुपर्ने हुन्छ ।

नियमित रूपमा तौल लिन असम्भव भए बच्चाको वजनबारे नियमित अनुमान गर्दा पनि हुन्छ  ।

तौल लिन सम्भव नभएका र लिन नजान्ने अभिभावकले शिशुको कम्मरमा र नाडीमा कालो वा पहेँलो डोरा बाँधेर उसको वृद्धि भए नभएको हेर्ने चलन अझै गाँउघरमा छ ।

आमाको दूधले बच्चालाई पुगेको छ/छैन हेर्ने अर्को तरिका एकदिनमा कति पिसाब फेर्छ भन्ने पनि हो । एकदिनमा बच्चाले सातपटकसम्म पिसाब फेर्नुपर्छ । बच्चाले एक दिनमा सातपटकभन्दा कम पिसाब फेरेमा र पहेँलो पिसाब गरेको अवस्थामा आमाको दूध नपुगेको बुझ्नुपर्दछ ।

नयाँ पत्रिकाबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप