शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

दाह्री मनपर्छ तर आउँदैन ? अपनाउनुस् यी घरेलु तरिका

मङ्गलबार, १२ पुस २०७३, १० : ३९
मङ्गलबार, १२ पुस २०७३

आजकाल पुरुषले दाह्री–जुंगा राख्ने फेसन चलिरहेको छ । तर यस्ता पुरुषहरु पनि छन् जो दाह्री राम्रोसँग नबढ्ने भएकाले चिन्तित हुने गर्दछन् । विज्ञका अनुसार दाह्री नबढ्नका लागि शरिरमा हर्मोनको सन्तुलन बिग्रनु र धुम्रपान गर्नुजस्ता कारण हुनसक्छन् । आयुर्वेदका दाह्री बढाउने केही उपायका बारेमा जानकारी दिइएको छ । थाहा पाऔं ।

अनुहारमा दैनिक १० देखि १५ मिनेट अमलाको तेलले मसाज गर्नुहोस् र मुख धुनुहोस् । यसले छाला नरम हुन्छ र दाह्री चाँडै बढ्नेछ ।

दालचीनीको पाउडरमा कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि यसलाई चिसो कपासले पुछ्नुहोस् र सफा गर्नुहोस् । हप्तामा दुई पटक यो तरिका अपनाउनुहोस् ।

दैनिक राती काँचो दुधलाई दाह्रीमा लगाएर सुत्नुहोस् । बिहान यसलाई धुनुहोस् । यसले दाह्री छिट्टै बढ्नेछ । दैनिक एक ग्लास दुध पनि पिउनुभयो भने धेरै फाइदा हुनेछ ।

नरिवलको तेलः

५/६ वटा तेज पात हालेर नरिवलको तेल तताउनुहोस् । यसलाई चिसो पारेर दाह्रीमा मसाज गर्नुहोस् । १० मिनेट पछि अनुहार धुनुहोस् । दाह्री बाक्लो हुनेछ र चाँडै बढ्नेछ ।

दैनिक गाजरको जुस पिउनुहोस् वा यसलाई डाइटमा समावेश गर्नुहोस् । यसमा बिटा क्यारोटिन प्रचुर मात्रामा हुने भएकाले दाह्री बाक्लो हुनेछ र चाँडै बढ्नेछ ।

कालो मरिच र महः

कालो मरिचको पाउडरमा मह र कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् । ५ मिनेट पछि यसलाई धुनुहोस् । छाला नरम हुनेछ र डेड सेल्स निस्कनेछ जसले दाह्री बढ्छ ।

यी कुरामा पनि ध्यान दिनुहोस्ः

हप्तामा २/३ पटक दाह्री काट्नुहोस् । यसले छाला नरम र सफा हुनेछ जसले दाह्री राम्रोसँग बढ्न सहयोग गर्दछ ।

दाह्री काट्दा ब्लेडलाई माथिदेखि तल घुमाउनुको सट्टा उल्टो दिशामा घुमाउनुहोस् । यसले दाह्री बाक्लो हुन मद्दत गर्दछ ।

तनावमुक्त हुनुहोस्ः

तनावले छाला र कपालमा नकारात्मक असर पुर्याउने गर्दछ । दैनिक आफूलाई मन परेको वा १० मिनेट ध्यान, श्वाससँग सम्बन्धित व्यायाम गर्नुहोस् । यसले तनाव कम हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप