प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने निर्णयमाथि सर्वोच्चको स्टेअर्डर
बुधबार, १३ पुस २०७३, १७ : २७
काठमाडौं - नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । बुधबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिएको हो ।
मन्त्रालयले ४ पुसमा सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई हटाएको थियो । उनीहरुले नक्कली माइनुट खडा गरेर प्राधिकरण प्रमुख विरुद्ध अभियान शुरु गरेको आरोप लगाइएको थियो ।
लामिछानेले त्यसविरुद्ध हिजोमात्र सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले एकै दिनमा फैसला सुनाएको हो ।
ऊर्जा मन्त्रालयले हटाइएका सञ्चालक समितिका सदस्यको स्थानमा भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई नियुक्त गरेको थियो ।
अदालतले सरकारको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण