चीनको कम्युनिष्ट पार्टीको भवनमा आतंकवादी हमला, ५ जनाको मृत्यु
बेइजिङ – चीनको सेन्ज्याङ प्रान्तमा रहेको कम्युनिष्ट पार्टीको भवनमा आतंकवादी हमला भएको छ । चिनियाँ प्रहरीका अनुसार घटनामा संलग्न चार जना कारवाहीमा मारिएका छन् ।
काराकाक्स काउन्टीमा रहेको उक्त भवनमा चारजना व्यक्तिले गाडी ठोक्काउँदै विस्फोट गराएका थिए ।
उक्त विस्फोटमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको बताइएको छ ।
चिनियाँ मिडियाले उक्त हमला आतंकवादी हमलाको संज्ञा दिएको छ ।
मुस्लिम उइघिुर समुदायको बसोबास रहेको उक्त क्षेत्रमा लामो समयदेखि तनाव रहेको छ ।
सिन्ह्वाले घटनामा संलग्न चार जनाको विस्फोटमा मृत्यु भएको वा प्रहरी कारवाहीमा मारिएको भन्ने खुलाएको छैन ।
चीनको सबैभन्दा ठूलो प्रान्त सेन्ज्याङ स्वायत्त राज्य रहेको छ । यसको सीमामा ८ वटा देश रहेका छन् जसमा सोभियत सेन्ट्रल एसियन रिपब्लिक, मंगोलिया, अफगानिस्तान, पाकिस्तान र भारत रहेका छन् ।
उइघुर टर्किक मुस्लिमहरु हुन् । उनीहरुले सेन्ज्याङको ४५ प्रतिशत जनसंख्या ओगट्छन्, ४० प्रतिशत हान चिनियाँहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण