सात किलो सुन सहित एक कलंकीबाट पक्राउ
बिहीबार, १४ पुस २०७३, १० : ३१
काठमाडौँ – गाडीको इन्जिनमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक व्यक्ति काठमाडौँको कलंकीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कुन्साङ लामा रहेका छन् । उनीबाट सात केजी सुन बरामद भएको प्रहरीले जनाएको छ ।
लामाले रसुवाबाट ५–६ जना यात्रुसहित चलाएर ल्याएको बा ८ ४ ७४३० नम्बरको हाइलक्स गाडीमा सुन लुकाएर ल्याएका थिए ।
‘माइक्रोमा अन्य यात्रुहरु पैसा तिरेर चढेका रहेछन् । सूचनाको आधारमा खोजी गर्दा ड्राइभर बस्ने इन्जिनमा सुन फेला पर्यो,’ महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण