बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मोबाईल टर्चको भरमा प्रसुति सेवा

बिहीबार, १४ पुस २०७३, १५ : ०३
बिहीबार, १४ पुस २०७३

डोल्पा– तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ – कुनै स्वास्थ्य संस्थामा टर्च बालेर उपचार गरिन्छ भन्दा । तर अचमम नमान्नुस डोल्पाकोे त्रिपुराकोट गाविस त्रिपुराकोटस्थित वडा नंम्बर २ बगरमा रहेको स्वास्थ्य चौकीमा विद्युत अभावमा टर्चकै भरमा प्रसुति गराइदै आएको छ ।

स्वास्थ्य संस्थामा जडान गरिएको सोलारमा समस्या उत्पन्न भएपछि प्रसुति सेवा लिन आउने महिलाहरुलाई टर्चकै भरमा सेवा दिनुपरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । विद्युत अभावमा सुरक्षित सेवा दिन कठिनाई भएको अनमी सुष्मा न्यौपाने बताउछिन । ‘गाँउमा भएको बिद्युत लाईन पनि अस्पतालमा जडान गरिएको छैन्, भएको सोलार बिग्रेकाले चार महिनादेखि मोवाईलको टर्चबाट काम चलाउनुपर्ने बाध्यता छ ।’

न्यौपानेले भनिन्,‘हप्तामा दुईवटा सम्म गर्भवती महिला आउने गर्दछन् बत्तीको व्यबस्था नहुँदा साह्रै समस्या भएको छ, प्रसुति गराउने क्रममा एकपटक त एकजना अहेव को मोबाईल नै खसेर फुटेको न्यौपानको भनाइ छ ।

पुर्वाधारमा व्यवस्थापन समितले चासो नदिएकाले समस्या आएको अहेव हिम प्रसाद देबकोटाको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप