रसियाले भन्यो, ‘हाम्रा कुटनीतिज्ञहरुलाई निष्कासन गरेको जवाफ अमेरिकालाई दिन्छौँ’
मस्को – अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित पार्न भूमिका खेलेको आरोपमा अमेरिकाले वासिङटनबाट रसियाका ३५ कुटनीतिज्ञहरुलाई निष्कासन गर्न गरेको निर्णयको ‘उचित जवाफ’ दिने रसियाले बताएको छ ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले क्रेम्लिनको प्रतिक्रियाले अमेरिकालाई ‘अप्ठ्यारो’ पर्ने चेतावनी दिएका हुन् ।
यद्यपि, उनले ‘जवाफ’ का लागि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेसम्म पर्खने संकेत पनि दिएका छन् । ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा रसियाले ह्याकिङ गरेको आरोपको खण्डन गर्दै आएका छन् ।
बिहिबार अमेरिकी स्टेट डिपार्टमेन्टले वासिङटनमा रहेको रसियाली राजदूतावस र सानफ्रान्सिस्कोमा रहेको कन्सुलेटका ३५ जना रसियाली कुटनीतिज्ञ र उनीहरुको परिवारलाई अमेरिका छाड्न ७२ घण्टाको अल्टिमेटम दिएको थियो ।
त्यस्तै, अमेरिकाले रसियाको गुप्तचर संस्था जिआरयु र एफएसबीसहित ९ संस्था र व्यक्तिहरुमाथि प्रतिबन्धको घोषणा गरेको थियो । न्युयोर्क र म्यारील्याण्डमा रहेको रसियाली गुप्तचर संस्थाको कार्यालय बन्द गर्ने अमेरिकाले जनाएको छ ।
यसअघि, राष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार हिलारी क्लिन्टलाई हराउन रसियाले साइबर आक्रमण गरेको आरोप लगाउँदै रसियामाथि कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्रेम्लिनका प्रवक्ता डिमिट्री पेस्कोभले भने, ‘पारस्परिक सिद्धान्तको आधारमा जनाइने प्रतिक्रियाले अमेरिकीहरुलाई पनि निकै अप्ठ्यारो पर्नेछ ।’ तर, उनले रसियाले ‘हतार’ मा कुनै पनि प्रतिक्रिया भने नजनाउने स्पष्ट पारे ।
‘यो निर्णय राष्ट्रपति ओबामाले लिएका हुन् । तर, तीन हप्तापछि ट्रम्प नयाँ राष्ट्रपति बन्नेछन्,’ उनले भने, ‘पक्कै पनि यो विषयलाई पनि ध्यानमा राखिनेछ ।’
यता, बेलायतमा रहेको रसियाको राजदूतावासले ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ओबामालाई ‘लेम डक’ को संज्ञा दिएको छ ।
President Obama expels 35 ?? diplomats in Cold War deja vu. As everybody, incl ?? people, will be glad to see the last of this hapless Adm. pic.twitter.com/mleqA16H8D
— Russian Embassy, UK (@RussianEmbassy) December 29, 2016
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्याकिङको आरोप वाहियात भएको बताउँदै अमेरिकीहरुले अरुको भन्दा पनि अब आफ्नो जीवनको बारेमा ध्यान दिनुपर्ने बताएका थिए ।
हिलारीको चुनावी अभियानका म्यानेजर तथा डेमोक्र्याटिक नेसनल कमिटीको इमेल ह्याक गरी चुनावी प्रचार प्रसारको दौरान संवेदनशील र गोप्य इमेल विकिलिक्समार्फत सार्वजनिक गरिएको थियो । जसले हिलारीको अभियानमा धक्का पुगेको थियो । अमेरिकी गुप्तचर संस्था सिआइए र एफबिआईले उक्त ह्याकिङ प्रकरण हिलारी र डेमोक्र्याटिक पार्टीको छवि धुमिल्याउन र ट्रम्पको समर्थनमा लक्षित भएको निश्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण