रोनाल्डोलाई किन्न चिनियाँ क्लबको ३०० मिलियन युरोको अफर
म्याड्रिड – क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले एक चिनियाँ क्लबले पोर्चुगिज खेलाडीलाई किन्न रियल म्याड्रिडलाई ३ सय मिलियन युरोको अफर गरेको खुलासा गरेका छन् । तर, स्टार खेलाडीले भने उक्त प्रस्ताव अस्वीकार गरेको मेन्डेजले बताएका हुन् ।
पछिल्लो समय चिनियाँ सुपरलिगका क्लबहरुले ट्रान्सफर मार्केटमा ठूलो रकम खर्च गरिरहेका छन् । पछिल्लो समय ब्राजिलियन ओस्कार र अर्जेन्टिनी कार्लोस टेभेजलाई किन्दा त्यहाँको क्लबले ठूलो रकम खर्च गरेको थियो ।
सांघाई एसआइपिजीले ओस्कार तथा सेन्हुवाले टेभेजलाई किन्न किर्तिमानी रकम खर्चेको थियो ।
मेन्डेजका अनुसार चिनियाँ क्लबले रियललाई ठूलो रकमको अफरको साथै रोनाल्डोलाई प्रतिवर्ष १ सय मिलियन युरोभन्दा बढीको तलबको पनि अफर गरेको थियो ।
यदी यो अफर स्वीकार गरेको भए रोनाल्डो सजिलै फुटबल इतिहासमा सर्वाधिक महंगो खेलाडी बन्ने थिए । केही दिनअघि मात्र टेभेज विश्वको सबैभन्दा महंगो खेलाडी बनेका थिए ।
रोनाल्डोले आफू पैसाबाट प्रेरित नभएको बताउँदै उक्त अफर अस्वीकार गरेको मेन्डेजले दाबी गरे ।
‘रियल म्याड्रिडलाई ३ सय मिलियन युरो र रोनाल्डोलाई प्रतिवर्ष १ सय मिलियन युरोको अफर चिनियाँ क्लबबाट आएको थियो,’ स्काई स्पोर्ट इटालियासँग कुरा गर्दै मेन्डेजले भने, ‘तर, पैसा सबै कुरा होइन, रोनाल्डोका लागि रियल आफ्नो जीवनको अंग बनेको छ ।’
२०१६ को बालोन डि’ओरका विजेताले गत नोभेम्बरमा मात्र सन् २०२१ सम्म रियलमा रहने गरी करार अवधि थप गरेका थिए ।
रियलमा रहँदा उनले दुई वटा च्याम्पियन्स लिग, लिग उपाधि र कप उपाधि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण