बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

फ्राइडे रिलिज : दर्शकलाई एकसाथ तीन चलचित्र

शुक्रबार, १५ पुस २०७३, ११ : २४
शुक्रबार, १५ पुस २०७३

काठमाडौं – आज शुक्रबारबाट तीन नयाँ चलचित्र प्रदर्शन आएका छन् । चलचित्र हुन् – ‘चक्र’, ‘समर्पण’ र ‘यु टर्न’ । पुस महिना चलचित्र प्रदर्शनका लागि राम्रो मानिदैन । तापनि यी तीन चलचित्र एकसाथ भिड्न तयार भएका हुन् । निर्माणका हिसावले भने तीनै चलचित्र राम्रो मानिएको छैन ।

‘चक्र’

रन्जित राना निर्देशित चलचित्र ‘चक्र’ । रोहण श्रेष्ठ, विकु थोकर, श्रृजना थापा मगर, सुनिता थापा मगर लगायतको मुख्य अभिनय रहेको यो चलचित्रमा सिन्धुली, काभ्रे ,भकुण्डे बेसी लगायत स्थानमा रमाइला दृश्य समेटिएका छन् । चलचित्रमा नृत्य अजय श्याङ्ताङ्, द्वन्द्व जनक गुरुङ र छायांकन मुकेश हुमागाइको छ ।

यु–टर्न

युकेमा बनेको चलचित्र यु–टर्न । प्रेम लामाले निर्देशन गरेको यो चलचित्रमा प्रेम लामा, ईतिषा नेम्बांग, गोबिन्द अर्मजा, निता पुन, दिपक गुरुङलगायतको अभिनय रहेको छ । सुरेश अधिकारीको संगीत रहेको चलचित्र मायाप्रेमको बिषयमा निर्माण भएको हो ।

‘समर्पण’

नेपाल तथा बंगलादेशमा छायाँकन भएको चलचित्र ‘समर्पण’ साथिभाईको कथामा निर्माण भएको हो । बसन्त निरौलाले निर्देशिक चलचित्रमा कैलास तामाङ, रन्जु शर्मा, रुबिना शर्मा, अनु पराजुली आशा भुषाल, रोजन रखाल, बिश्व लामा, प्रयास लामा लगायतको मुख्य भुमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप