बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अधारभुत अधिकारको प्रत्याभुति नभएको गुनासो

शुक्रबार, १५ पुस २०७३, ०८ : ०४
शुक्रबार, १५ पुस २०७३

काठमाडौं – बौद्धिक अपांगता भएकाहरुको शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभुत अधिकारको प्रत्याभूति गराउन सरकार लागि नपरेको भन्दै सरोकरावालाहरुले गुनासो गरेका छन् ।

बौद्धिक अपांगता अभिभावक महासंघ, नेपालले काठमाडौमा शुक्रबार कार्यक्रम गरी घर, परिवार, समाज र राज्यबाट पनि बौद्धिक अपांगता भएकाहरु अपहेलित भएको भन्दै गुनासो गरेको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष मुकुन्दहरि दाहालले बौद्धिक अपांगता भएकाहरुले न्यूनतम मानव अधिकार समेत उपभोग गर्न नपाउँदा समेत राज्य बेखवर भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट समेत बञ्चित हुनु परेको भन्दै रोजगारीका लागि बौद्धिक अपांगता भएकाहरुका लागि छुटयाइएको आरक्षण सिटमा कसलाई अवसर दिने गरिएको छ भन्ने विषयमा राज्य नै बेखवर हुनु दुःखद भएको टिप्पणी गरे ।

महासंघले नेपालमा हाल १४ हजार ८ सय ८८ जना बौद्धिक अपांगता भएको सरकारी तथ्यांक रहेपनि यसको वास्तविक प्रतिनिधित्वको अवसर भने कहिँकतै नदेखिएको उनीहरुको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप