सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रेमीसँग कुकुरको हाउभाउमा घुम्छिन् यी महिला, घाँटीमा बाँधिराख्छिन् पट्टी

बुधबार, २० पुस २०७३, १६ : ०६
बुधबार, २० पुस २०७३

संसारभरी यस्ता अचम्मका मानिसहरु छन् जसबारे थाहा पाउँदा तपाईं अचम्मित हुनुहुनेछ । यस्तै अचम्मका मानिसहरुमध्ये एक छिन् न्यूयोर्कको स्टेटन आइल्याण्डमा बस्ने २३ वर्षीया अन्ना तेसू । सुन्दा अचम्म लाग्ला तर उनलाई कुकुरजस्तै बस्न मनपर्छ । यसकारण उनी आफ्नो गलामा पट्टी बाँधेर घुम्ने गर्दछिन् । यद्यपी, पछिल्लो केहि दिनदेखि उनी गायब छिन् ।

अन्ना जब १३ वर्षकी थिइन् त्यतिबेलादेखि नै उनी आफूलाई कुकुरजस्तै बाँधियोस् भन्ने चाहन्थिन् । जब उनी युवावस्थामा प्रवेश गरिन् तब उनले आफ्नो यस्तो शौखबारे प्रेमीलाई जानकारी दिइन् । पहिलो पटक अन्ना र उनका प्रेमी नाथन रिलीलाई सपिङ मलमा यस्तो हालतमा देखेर मानिसहरु अचम्मित भए । मानिसहरुले उनलाई निकै अचम्मको दृष्टिकोणले हेरिरहेका थिए ।

अन्ना मानसिक रुपमा विक्षिप्तः

वास्तवमा, संसारको कुरालाई बेवास्ता गर्ने यो जोडीका अनुसार उनीहरु संसारको सबैभन्दा रोमान्टिक जोडी हो र उनीहरु आफ्नो जीवनमा निकै खुसी छन् । अन्ना आफ्नो फेसबुक पेज अन्ना मात्राङ्गामा यस्तो फोटोहरु पोष्ट पनि गर्छिन् । यद्यपी, अन्नालाई मानसिक रुपमा विक्षिप्त भएकोसमेत बताइन्छ । वास्तवमा सन् २०१५ मा उनीमाथि एउटा मुद्दासमेत दर्ता भयो । उनीमाथि गरिएको अनुसन्धानमा उनी मानसिक रुपमा स्वस्थ नभएको पत्ता लाग्यो ।

उनका वकिलले अन्ना तेसू मानसिक रुपमा अस्वस्थ छिन् र उनको सम्बन्ध पनि निकै अचम्मको हुने गरेको बताए ।

अब अन्य व्यक्तिसँगको सम्बन्धमा छिन् उनीः

भर्खरै तेसूले नयाँ प्रेमी पल मात्राङ्गासँग आफ्नो फोटो र स्टेटस अपडेट गरेकी छिन् जसमा उनी गलामा पट्टी बाँधेको अवस्थामा देखिएकी छिन् । यतिमात्र होइन, उनले आफ्नो नाम परिवर्तन गरेर जेना राखेकी छिन् । तपाईंलाई अचम्म लाग्ला कि उनले आफ्नो लागि एउटा पिंजडा पनि बनाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप