नयाँ वर्षमा २१२ किलोको माछा लिलामी, ६.६६ करोडमा बिक्रि
यदि तपाईंलाई माछा खाने शौख छ भने टूना फिशको नाम अवश्य पनि सुन्नुभएको होला । खानाको परिकारको रुपमा यो सबैभन्दा महँगो माछामा गन्ती हुन्छ । जापानी आफूलाई मनपर्ने खाना सुशीमा यो समुन्द्री खानालाई प्रयोग गर्ने गर्दछन् । जापानको राजधानी टोकियोमा यही टूना माछालाई लिलामीमा राखियो । २१२ किलोको यो ब्लूफिन टूना फिशलाई ६ लाख १४ डलर अर्थात ६ करोड ६६ लाख नेपाली रुपैयाँमा लिलामी भयो ।
– यो टूना माछालाई सुशी जनमाई रेष्टुरेन्ट चेन चलाउने कियोशी किमुराले खरिद गरेका हुन् । किमुराले विगत ६ वर्षदेखि लगातार लिलामी जित्दै आएका छन् ।
– सन् २०१३ मा किमुराले एउटा माछालाई १३.२८ करोड रुपैयाँमा खरिद गरेका थिए । यो अहिलेसम्मको रेकर्ड हो ।
संसारको सबैभन्दा ठूलो माछा बजारमा लिलामी भयोः
– यो टूना माछाको लिलामी टोकियोको सुकीजी फिश मार्केटमा भएको हो । यो संसारको सबैभन्दा ठूलो माछा बजार हो । यहाँ हरेक नयाँ वर्षको मौका पारेर माछा खरिद गर्नका लागि बोली लगाइन्छ ।
– लिलामीको रकम जति धेरै भयो व्यापार र कारोबारका लागि त्यति राम्रो मानिन्छ ।
प्रशान्त महासागरमा पाइन्छ टूनाः
– प्रशान्त महासागरमा पाइने ब्लूफिन टूना जापानमा निकै रुचाइन्छ । यसलाई ‘किंग अफ सुशी’ पनि भनिन्छ ।
– सुशी जापानको एउटा खाना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण