बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जातीय विभाजनको राजनीति बन्द गरौं : डा.महत

मङ्गलबार, २६ पुस २०७३, १० : ५९
मङ्गलबार, २६ पुस २०७३

कञ्चनपुर –नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले भौगोलिक, धार्मिक, सामाजिक तथा जातीय विभाजन ल्याउने विकृतिपूर्ण राजनीति नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

सुदूरपश्चिमी जिल्लाहरुको भ्रमणका क्रममा कञ्चरपुर पुगेका नेता महतले बर्षौदेखि मिलेर बसिरहेका नेपालीलाई अहिले विभाजित गर्ने काम भइरहेको भन्दै यस्तो विकृतिपूर्ण राजनीतिलाई बन्द गर्नुपर्ने बताए ।

‘संसारमा सबैले मानेको राजनीतिक व्यवस्था भनेको लोकतान्त्रिक व्यवस्था नै हो र यस व्यवस्थामा अहिले सबै राजनीतिक दलहरु उभिएका छन ।’ महतको भनाई थियो, ‘पछिल्ला बर्षहरुमा नेपालमा भौगोलिक, सामाजिक, धार्मिक र जातीय ढंगले नेपालीलाई विभाजित गर्ने राजनीति शुरु भएको छ । यसले जनतामा निराशा ल्याउनेछ । अहिले नै सुधार हुनु आवश्यक छ ।’

नेता महतले नेपालका सबै राजनीतिक शक्तिहरु अहिले लोकतान्त्रिक राजनीतिक प्रणालीमा आइसकेको र उनीहरुले कांग्रेसले अंगालेको आर्थिक नीति नै अगाल्न थालेकोले कांग्रेसले गौरव गर्नुपर्ने पनि बताए ।

‘०४६ को परिवर्तनपछि नेपालको अर्थतन्त्रको आधुनिकीकरण र पूर्वाधारको जग बसाएको कांग्रेसले हो ।’ महतले दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप