बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो

बुधबार, ०३ असार २०८३, १४ : ५९
बुधबार, ०३ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन प्रतिनिधिले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ।
  • महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन् र पर्यवेक्षकका लागि सात हजार शुल्क तोकिएको छ।
  • पार्टीभित्र शुल्क महँगो भएको भन्दै गुनासोहरू पनि देखिएका छन्।

काठमाडौँ । चितवनमा असार ७ देखि तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन प्रतिनिधिले जनही ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। 

रास्वपाको  निर्वाचन आयोगले प्रतिनिधि शुल्क ५ हजार तोकेको र महाधिवेशनमा संख्या तीन हजार हाराहारीमा प्रतिनिधि रहने जनाएको छ।  

यस्तै पर्यवेक्षकलाई सात हजार तय गरिएको छ। यसैबिच शुल्क महँगो भएको भन्दै पार्टीभित्र गुनासो समेत देखिएको छ । रास्वपाका एक नेताले शुल्क महँगो भएको धेरै प्रतिनिधिको गुनासो रहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप