जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
सारांश
- जी–७ सम्मेलनमा सहभागी नेताहरूका अनौपचारिक कुराकानी सार्वजनिक भएको छ ।
- इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले धुम्रपान त्यागेको र निन्द्राका लागि कफी पिएको बताएकी थिइन् ।
- क्यानाडाका प्रधानमन्त्रीले फ्रान्सका राष्ट्रपति माक्रोंको हराएको घडी फर्काएर दिएका थिए ।
काठमाडौँ । विभिन्न मुलुकका नेताहरूबिच औपचारिक छलफल तथा भेटवार्ताका विषय स्वाभाविक रूपमा समाचार बन्छन् नै । जी–७ सम्मेलनमा सहभागी नेताहरूबिच भएको अनौपचारिक कुराकानी पनि समाचारका रूपमा सार्वजनिक भएको छ ।
सम्मेलनमा सहभागी नेताहरूबिच अनौपचारिक छलफलका क्रममा भएका कुरा माइक्रोफोनका माध्यमबाट रेकर्ड भएको हो, जसमा नेताहरूले व्यक्तिगत जीवन, रुचि, मनमा लागेका कुरा व्यक्त गरेका छन् ।
उक्त अनौपचारिक छलफलमा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले तीन कप कफी पिएर आएको सुनाएकी थिइन् । उनले निन्द्रा भगाउन आफूले कफी पिएको बताएकी थिइन् ।
यस क्रममा मेलोनीले धुम्रपान एक महिनादेखि त्यागेको पनि बताइन् । उनले धुम्रपान त्यागेको बताएपछि क्यानाडा, ब्रिटेन, जापान र युरोपेली संघका नेताले बधाई दिएका थिए ।
त्यसपछि क्यानाडाका प्रधानमन्त्री मार्क क्रेनेले इटालियन कमकक्षी मेलोनीलाई उनको हाततिर इशारा गर्दै ‘निकोटिन प्याच’ लगाएको हो ? भनेर सोधेका थिए । निकोटिन प्याच छालामा लगाइन्छ, जसले शरीरलाई केही मात्रामा निकोटिन उपलब्ध गराउँछ, जसले गर्दा धुम्रपानको लत त्याग्न मद्दत गर्दछ ।
यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले विश्वकप फुटबलबारे चर्चा गरेका थिए । उनले आफ्नो राष्ट्रिय फुटबल टोलीको प्रशंसासमेत गरेका थिए । ब्रिटेनका प्रधानमन्त्री किर स्टार्मरले भने स्पेन र केप भर्डेबिच भएको गोलरहित बराबरीको चर्चा गरेका थिए । उनले सो म्याच आश्चर्यचकित रहेको जिकिर गरे ।
यस्तै, जर्मन चान्सलर फ्रेड्रिच मर्जले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो राष्ट्रिय फुटबल टिमको जर्सी उपचार दिएका थिए । ४७ नम्बरको उक्त जर्सीमा ट्रम्पको नाम उल्लेख थियो । ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति रहेकाले उनलाई ४७ नम्बरको जर्सी दिइएको हो ।
सम्मेलनमा क्रममा फ्रान्सका राष्ट्रपति माक्रोंले आफ्नो घडी कतै छाडेका थिए । जब दिवाभोजका लागि नेताहरू जम्मा भए, क्यानाडाका प्रधानमन्त्री कार्नीले माक्रोंलाई ‘तपाईंले आफ्नो घडी छाड्नुभएछ, यहाँ छ’ भनेर देखाए ।’ लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ‘उसो भए मलाई दिनुस्’ भनेका थिए । ट्रम्पको कुरा सुनेर अन्य नेता हाँसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण