रौतहटमा ट्याक्टर दुर्घटना, तीनको मृत्यु
रौतहट – रौतहट भएको छुट्टाछुटै दुई दुईवटा ट्याक्टर दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको पूर्वीभेग भलोहिया ३ स्थित कर्बोल गाँउको भित्रि सडकखण्डमा आज बिहान भएको एउटा ट्रयाक्टर दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको हो ।
भलोहियाबाट धरमपुरतर्फ जाँदै गरेको ना २ त ८४१२ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा भलोहिया २ का चालक १९ बर्षीय दीलिप महतोको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसैगरी ट्याक्टरमा सँगै बसिरहेका गंगापिपरा १ का ३० बर्षीय देवेन्द्र तिवारीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले बताएका छन् ।
यसअघि हिजो अपरान्ह मौलापुरबाट बालुवा लिन गर्जाघाट तर्फ गईरहेको ना२त६६६६नम्बरको ट्याक्टर मर्यादपुर १ स्थित दुर्घटना ग्रस्तहुँदा एकजनाको मृत्यु भएको थियो ।
मृत्युहुनेमा मर्यादपुर ३ का ३५ बर्षीय लालबाबु यादव रहेको प्रवक्ता भण्डारीले जनाएका छन् ।
ट्रयाक्टर प्रहरी नियन्त्रणमा र चालक बारा कोतवाली ७ का राज महमद फरार रहेकोमा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि
-
कीर्तिमानी ह्याट्रिकपछि मैदानमै किन रोए मेस्सी?
-
विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
-
रौतहटको सवारी व्यवस्थापनमा सुधार
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण