बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सेयर बजारमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि

बुधबार, ०३ असार २०८३, १५ : १८
बुधबार, ०३ असार २०८३

सारांश

  • नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को बिन्दुमा पुगेको छ ।
  • आज ३५२ कम्पनीका ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच भएको छ ।
  • सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले वृद्धि भएको छ ।

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज झिनो सुधार देखिएको छ । बुधबार दिनभर उतारचढावका बीच कारोबार भएको बजार बन्द हुँदा नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को बिन्दुमा पुगेको छ ।

बजारमा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ६६ करोड रहेको कारोबार आज ३ अर्ब ४६ करोडमा सीमित भएको हो । आज ३५२ कम्पनीका ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर ४ किनबेच भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको मूल्य घटेको छ । बाँकी १४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपाव सर्वाधिक कमाउने सूचीका छन् । दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ ।

समूहगत रुपमा आज ५ वटा समूहमा वृद्धि हूँदा ७ समूहमा गिरावट आएको छ । सबै समूहमा एक प्रतिशत भन्दा कमकै घटबढ देखिन्छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फास्ट्रक्चर अग्रस्थानमा रह्यो । यस कम्पनीको २१ करोड ११ लाख ७१ हजार ६६८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको १८ करोड ३२ लाख ७३ हजार र बुंगल हाइड्रोपावर १७ करोड ८३ लाख ३५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप