बन्ध्याकरण गर्ने महिलाको सङ्ख्यामा वृद्धि
राजविराज - राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।
जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा आजभोलि स्थायी बन्ध्याकरण गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ ।
अस्पतालको परिवार नियोजन संस्थागत फाँटमा प्रमुख एवम सिनियर अहेब सरिता झाका अनुसार दैनिक ६० देखि ७० जना स्थायी बन्ध्याकरण गराउन महिला आउने क्रम बढेको छ । नले अस्पतालमा एक दिनमा ४० जनासम्म स्थायी बन्ध्याकरण गर्ने लक्ष्य रहे पनि अहिले आवश्यकताभन्दा बढी बन्ध्याकरण गर्नेको भीड लागेको बताए ।
खासगरी तराईका जिल्लामा पुस, माघ र फागुन महिनामा बढी महिलाले बन्ध्याकरण गर्नाले यत्रो ठूलो सङ्ख्या बढेको जनाइएको छ । पुस १ गतेदेखि पुसको तेस्रो सातासम्ममा ४१० जनालाई स्थायी बन्ध्याकरण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा उपाध्यक्ष गिरीको उपस्थितिलाई लिएर संसद्मा प्रश्न
-
सेयर बजारमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि
-
कीर्तिमानी ह्याट्रिकपछि मैदानमै किन रोए मेस्सी?
-
विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
-
रौतहटको सवारी व्यवस्थापनमा सुधार
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण