बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

नयाँ प्रेमिकासँग पहिलो पटक औपचारिक कार्यक्रममा देखिए रोनाल्डो

मङ्गलबार, २६ पुस २०७३, १३ : ३७
मङ्गलबार, २६ पुस २०७३

जुरिच – रसियन मोडल इरिना सायेकसँग सम्बन्ध विच्छेदपछि रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोको नाम धेरै युवतीहरुसँग जोडियो ।

तर, अन्ततः स्पेनिस मोडल जर्जिना रोड्रिगेज रोनाल्डोको नयाँ प्रेमिका भएको ‘आधिकारिक’ रुपमा पुष्टि भएको छ ।

यसअघि रोनाल्डोलाई धेरै युवतीहरुसँग देखिएपनि उनीहरु कहिले सार्वजनिक समारोहमा सँगै देखिएनन् ।

मंगलबार भएको फिफाको अवार्ड समारोहमा रोनाल्डो जर्जिनासँग जोडीका रुपमा उपस्थित भए । साथमा थिए रोनाल्डोका छोरा ।

अन्य स्टारहरु पनि आफ्ना प्रेमिका र पत्नीहरुसँग कार्यक्रममा आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप