मृत्युमाथि विजय प्राप्त गरेका ७ रोचक घटना, जब मानिसले अन्तिम अवस्थामा पनि हार मानेनन्
समुन्द्रमा एक महिनादेखि हराइरहेका न्यूजिल्याण्डका एक व्यक्ति आफ्नी ६ वर्षीया छोरीसँगै अष्ट्रेलिया पुगे । सम्पूर्ण खतरासँग जुधेर एलेन ल्याङ्गडोन र उनकी छोरी क्यूले आफ्नो ज्यान बचाए । मृत्युमागि विजय प्राप्त भएका यो एक्लो र पहिलो घटना होइन । योभन्दा पहिले पनि जीवित व्यक्तिका खतरनाक घटना सार्वजनिक भइसकेका छन् ।
१ महिना समुन्द्रको बिच आँधीमा फसिरहे, भाँच्चिएको डुङ्गाको सहारा ज्यान बचाए
एलेन ल्यागडोन र क्यू
अष्ट्रेलिया
एलेन ल्यागडोन र ६ वर्षीया छोरी क्यू, कावाहियाबाट न्यूजिल्याण्डको इस्ट कोस्टमा रहेको ‘बे अफ आइल्याण्ड’ मा छोटो यात्राका लागि निस्किएका थिए तर एक समुन्द्री आँधीको चपेटामा परी उनीहरुको डुङ्गाको पछिल्लो भाग भाँच्चियो । त्यसपछि यी दुबै तस्मान सागरबाट करिब २ हजार किलोमिटरको यात्रा गरेर एक महिनापश्चात् अष्ट्रेलियाको तटमा पुगे । एलेनले सिड्नीबाट २ सय ३० किलोमिटर दक्षिणमा उल्लादुल्ला बंदरगाहमा आफ्नो डुङ्गालाई किनारा लगाएपछि त्यहाँको स्थानीय मिडियालाई यसबारे जानकारी दिए ।
उनले भने, ‘जब हाम्रो डुङ्गाको पछिल्लो भाग भाँच्चियो तब हामीसँग अरु केही बाटो थिएन । त्यतिबेला म मौसम ठिक होस् भनी प्रतिक्षा गरिरहेको थियो जुन कहिले भएन । यस्तो स्थितीमा हामीले समुन्द्रको सहारामा छोडिदियो र समुन्द्रको छालले हामीलाई दक्षिणतर्फ धकेल्न थाल्यो । त्यतिबेला मैले तस्मान सागर पार गरेर अष्ट्रेलियातर्फ बढ्नु सुरक्षित हुने अनुमान गरें ।’
९ दिन मरुभूमीमा चमेरोको रगत पिएर प्यास मेटेः
मौरो प्रोसपेरी,
पुलिस, इटाली
घटना सन् १९९४ को हो जब एक इटालियन पुलिसकर्मी ३९ वर्षीय मौरो प्रोसपेरी सहारा मरुभूमीको आँधीमा फसे र बाटो बिराए । थुप्रै दिन पछि उनले आफूलाई १८६ माइल टाढा अल्जेरियामा पाए जहाँ उनले एक अपरिचित मस्जिदमा शरण लिए । खान र पिउनका लागि भट्किएपछि उनले दुई चमेरोको गर्धन तोडे र उनीहरुको रगत चुसेर आफ्नो प्यास मेटे । तिर्खाले छट्पटिएका उनले आफ्नो पिसाब पनि पिए । ९ दिन पछि उनलाई एक परिवारले बचाए ।
शहरभन्दा टाढाको बस्तीमा तीन महिनासम्म जुका र भ्यागुतो खाएर बचाए ज्यान
रिक्की मिगी, अष्टे«लिया
३५ वर्षीय रिक्की मिगीलाई सन् २००६ मा जब अष्ट्रेलियाको शहरभन्दा निकै टाढा र बिरानो ठाउँबाट निकालियो तब उनी कंकाल जस्ता थिए । उनी त्यो ठाउँमा कसरी पुगे यसबाट स्पष्ट जानकारी छैन । यद्यपी, रिक्कीको दाबी अनुसार केही मानिसहरुले उनको गाडीमा लिफ्ट मागे र उनलाई उक्त स्थानमा मर्नको लागि छोडिदिए । यतिबेला उनले यो ठाउँमा तीन महिनासम्म जुका र भ्यागुता खाएर आफूलाई जिउँदो राखेको जानकारी दिए ।
डुबेको जहाजबाट तीन दिन पछि जिउँदै निस्किए
ह्यारिसन ओकेन, नाइजेरिया
सन् २०१३ मा एक जहाज नाइजेरिया नजिकैको समुन्द्रमा डुब्यो तर मानिसहरु त्यतिबेला अचम्मित भए जब जहाजमा सवार १२ मध्ये एक व्यक्ति जिउँदो निस्किए । जहाजमा कुकको काम गर्ने ह्यारिसन ओकेन जहाजको निकै छोटो कुनामा तीन दिनसम्म फसे । सबैतिर अँध्यारो थिए । तर भाग्यको खेल, उनी भएको ठाउँमा पानी पुगेको थिएन । हरिसनलाई यो क्रममा आफ्नो साथीहरुको शवको दुर्गन्धले तनाव दियो । माछाले साथीहरुलाई खाइरहेको उनले सुन्थे । तर उनले हिम्मत हारेनन् । शवलाई निकाल्न खटिएका समूह पनि उनलाई देखेर अचम्मित भए ।
विमान दुर्घटनामा बाँच्ने एक्ली महिला, ९ दिनसम्म भट्किएर बचाइन् ज्यान
जूलियन कोएपेक, जर्मनी
जर्मनी बायोलोजिष्ट ५८ वर्षीया जूलियन कोएपेक सन् १९७१ मा भएको विमान दुर्घटनामा बाँच्ने एक्ली महिला हुन् । विमान पेरु रेन फरेष्टको बिचमा पुगेको थियो अचानक विमान चट्याङको चपेटमा आयो । सिटमा फसेको अवस्थामा नै जूलियन हज्जारौं फिटको उचार्ईबाट तल खसिन् । जूलियनका अनुसार उनी खस्दै गर्दा अचेत भइन् । यद्यपी, उनी घना जंगलको रुखमा यसरी फसेर खसिन् कि उनको ‘ब्यूटी बोन’ मा मात्र चोट लाग्यो । त्यसपछि उनी करिब ९ दिनसम्म जंगलमा भड्किइन् । त्यसपछि उनलाई सुरक्षा टोलीले बचाए ।
अमेजनको जंगलमा १२ दिनसम्म किरा खाएर जिउँदो भए
गिलेनो विएइरा दा रोचा
इन्जिनियर, ब्राजिल
ब्राजिलमा बस्ने इन्जिनियर गिलेनो विएइरा दा रोचा अमेजनको जंगलमा सन् २०१४ मा गायब भएका थिए । उनले १२ दिनसम्म किरा खाएर आफूलाई सुरक्षित राखेका थिए । रोचा ट्रान्स अमेजन हाइवे ३०० मिल मनौसको दक्षिणी भागमा काम गरिरहेका थिए । यो क्रममा उनले काममा जानका लागि जुन बाटोलाई छोटो भन्ने बुझेका थिए त्यहाँ उनी भड्किए र जंगलमा नै फसे । भोकले बेहाल भएका उनले बाँच्नका लागि किरा खाए । १२ दिन पछि पुलिस र फायरफाइटर्सले उनलाई भेट्टाए । रोचाको शरिरको विभिन्न भागमा घाउ लागेको र बेहोसीको हालतमा जंगलमा भेटिएका थिए ।
४७ औं तल्लाबाट खस्दा पनि बाँचे
एल्साइड्स, न्यूयोर्क
एल्साइड्स र इगर मोरेना न्यूयोर्कको अपार्टमेन्टमा सरसफाई गरिरहेका थिए । उनीहरु ४७ औं तल्लाको ऐना सफा गरिरहेका थिए अचानक उनीहरु ५०० फिटको उचाईबाट खसे । दुबैमध्ये कसैले पनि सेफ्टी गार्डस् लगाएका थिएनन् । यो दुर्घटनामा इगरको तत्काल मृत्यु भयो भने ३७ वर्षीय एल्साइड्स कोमामा गए । उनको शरिरको विभिन्न भागमा चोट लागेको थियो । उनी यो भयानक दुर्घटनाबाट बाँच्न सफल भए । उनी अहिले सामान्य जीवनयापन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण