सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौडा कपडा उद्योग सञ्चालन हुन्छ : उद्योग मन्त्री

शुक्रबार, २९ पुस २०७३, १७ : १३
शुक्रबार, २९ पुस २०७३

काठमाडौँ – सरकारले हेटांैडा कपडा उद्योग पुनः संचालनमा ल्याउने भएको छ ।

उद्योग मन्त्री नविन्द्रराज जोशीले हेटौंडा कपडा उद्योगलाई संचालनमा ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिएका हुन् ।

सिंहदरबारस्थित आफनै कार्यकक्षमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जोशीले स्वदेशी बस्तुको गुणस्तरीय उत्पादनमा जोड दिन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे । उनले स्वदेशी बस्तुको प्रयोग गर्न पनि सबैलाई आह्वान गरेका छन् । स्वदेशी बस्तुको प्रयोग भए मात्रै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने मन्त्री जोशीको भनाई छ ।

मन्त्री जोशीले कतिपय स्वदेशी बस्तुको मूल्य बढि भएका कारण उपभोक्ताहरुले विदेशी बस्तुको प्रयोग गर्न बाध्य भएको उल्लेख गर्दै अव त्यसो हुन नदिने उपायको खोजीमा सरकार लागिपरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप