मध्यरातमा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने डाक्टर यसरी परे प्रहरीको फन्दामा
ललितपुर – आइतबार मध्यराती तीव्र गतिमा एउटा कार ललितपुरको सडकमा दौडिरहेको हुन्छ ।
हरिहरभवन आइपुग्दा उक्त कारले एउटा मोटरसाइकललाई ठक्कर दिन्छ । मोटरसाइकल अनियन्त्रिण भएर भूइँमा ढल्छ ।
तर, कार रोक्दै नरोकी तीव्र गतिमा अगाडी हुइँकन्छ ।
घाइतेलाई सडकमा नै छाडेर भागेको उक्त कार २४ घण्टा नबित्दै प्रहरीको फन्दामा पर्छ ।
कार पक्राउ परेपछि चालकको पहिचान खुलेपछि प्रहरी झन् चकित पर्छ । ठक्कर दिएर भाग्ने चालक पेशाले डाक्टर हुन्छन् ।
ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथु भन्छन्, ‘सामान्य चालक वा सार्वजनिक यातायतका चालक दुर्घटना भएपछि भाग्नु स्वभाविक नै हो । तर, मानिसको जीवन बचाउने प्रण खाएको एउटा डाक्टरले नै यसरी माघको चिसोमा एउटा घाइते व्यक्तिलाई सडकमै छाडेर भागेको पायौँ ।’
दुर्घटनामा घाइते भएका बा ६६ प ६२४८ नम्बरको मोटरसाइकल चालक कृष्ण थापाको यतिबेला बिएण्डबी अस्पतालमा उपचार भइरहेको हाछेथुले जानकारी दिए ।
उनको दुईवटा खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
यसरी पक्राउ परे डाक्टर
आइतबार राती करिब १२ बजेर ३० मिनेट जाँदा एउटा कारले मोटरसाइकललाई ठक्कर दिएर भागेको सूचना पाएपछि प्रहरी घटना स्थलमा पुग्छ । घाइतेलाई तुरुन्त उपचारका लागि अस्पताल पठाइन्छ ।
ठक्कर हानेर भागेको कारलाई कसरी पक्राउ गर्ने विषयमा अलमलमा परिरहेको प्रहरीले दुर्घटनास्थलबाट केही पर बा ७ च ९५०८ नम्बर लेखिएको कारको नम्बर प्लेट फेला पार्छ ।
सोही नम्बर प्लेटलाई लिएर प्रहरी सोमबार यातायात कार्यालय पुग्छ । यातायात कार्यालयले कार मान्छेको नाममा नभएर स्टान्डर्ड चार्टड बैंकको नाममा रहेको बताउँछ ।
त्यसपछि प्रहरी बैंकमा गएर बुझ्दा कार सातदोबाटो निवासी ३५ वर्षीय विपुलमान सिंहको नाममा रहेको पत्ता लगाउँछ ।
सिंहको घर पुग्दा मा दुर्घटनास्थलमा फेला परेको नम्बर प्लेट भएको आइ २० कार फेला पार्छ ।
अचानक आफ्नो घरमा पुगेको प्रहरीसँग डाक्टर सिंहले दुर्घटना भएको स्वीकार्छन् ।
प्रहरीका अनुसार सिंह अपु डेन्टल क्लिनिक पुल्चोकमा कार्यरत छन् ।
सिंहलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जवालाखेल प्रहरी परिसर पठाइएको हाछेथुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइमा
-
सम्झौतापछि रोक्का गरिएको इरानी सम्पत्ति तुरुन्त फुकुवा नहुने अमेरिकी स्पष्टोक्ति
-
कांग्रेसले माग्यो प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणबारे सरकारको जवाफ
-
अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग
-
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’
-
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण