संसद् बैठक
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै
सोमबार, ०१ असार २०८३, ११ : ५३
सारांश
- नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।
- उनले भारतीय सेनाको हेलिकप्टर दार्चुलामा अनुमति बिना उडेको विषयमा सरकारको धारणा मागेका छन् ।
- सांसद दुलालले प्रधानमन्त्रीले जनताका जल्दाबल्दा समस्याको जवाफ दिनुपर्ने माग गरेका छन् ।
काठमाडौँ । नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले त्यसबारे संसदमा आएर जवाफ दिनुपर्ने माग कायमै रहेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले यो अडान कायमै रहेको बताएका हुन् । त्यस्तै, उनले भारतीय सेनाको हेलिकप्टर दार्चुलामा अनुमति विनै उडेकोबारे सरकारको धारणा माग्दै नेपालको चिया निर्यातमा परेको असरबारे सरकारको ध्यान किन नगएको भनेर प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीले बिदा मनाइसकेको र देश बनाउने टोली सार्वजनिक गरेको अवस्थामा उनले जनताका जल्दाबल्दा समस्याको जवाफ दिन पनि माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण