संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’
सारांश
- सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् हलको निरीक्षण गरी ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।
- तोकिएको समयमा काम सम्पन्न नभएको भन्दै सभामुखले निर्माण पक्षसँग जवाफदेहिता माग गरेका हुन्।
- निर्माण कार्य थप लम्बिए दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी दिँदै सभामुखले तत्काल काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
काठमाडौं । सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको नयाँ संसद् हलको निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।
संसद् सचिवालयका कर्मचारीसहित सोमबार निर्माणस्थल पुगेका सभामुख अर्यालले तोकिएको समयमै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण पक्षसँग जवाफदेहिता माग गरेका हुन्।
गत जेठ १५ गते यही हलबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी रहे पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन। निरीक्षणका क्रममा सभामुखले संसद् हल कहिले तयार हुन्छ भन्ने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिए।
निर्माण कार्य थप लम्बिए दैनिक एक करोड रुपैयाँ जरिवाना तिराउनुपर्ने चेतावनी दिँदै उनले सहरी विकास मन्त्री र मन्त्रालयका सचिवलाई तत्काल बोलाएर काम सम्पन्न गर्न आवश्यक पहल गर्न निर्देशन दिए।
निरीक्षणका क्रममा सभामुख अर्यालले भने, 'रातदिन काम गरेर भए पनि बोलेको कुरा त पूरा गर्नुपर्यो नि । बहाना बनाइरहनुभएको छ। तपाईंहरूले हामीलाई नटेरेको होला, तर यो त अपमान भएन र ? यो राष्ट्रकै अपमान हो। अब मलाई स्पष्ट निष्कर्ष चाहियो।'
निर्माण सम्पन्न हुने समयसीमा पटक–पटक सारिँदै गएपछि संसद् भवन निर्माणको प्रगतिलाई लिएर प्रश्न उठ्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन : जिल्लान्तर र अन्तर-स्थानीय तह सरुवामा रोक
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण