कांग्रेसले माग्यो प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणबारे सरकारको जवाफ
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणका विषयमा सरकारको जवाफ माग गरेको छ ।
- कांग्रेस सांसद रेणुका काउचाले भारतसँगको सीमा विवाद, सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी) को बढ्दो सक्रियता र सरकारको अपारदर्शिताबारे प्रश्न उठाएकी हुन् ।
- सांसद काउचाले सरकारले विभिन्न छानबिन प्रतिवेदनहरू लुकाएको भन्दै ती सार्वजनिक गर्न माग गरिन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणका विषयमा सरकारको जवाफ माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रेणुका काउचाले भारतसँगको सीमा विवाद, सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी) को बढ्दो सक्रियता र सरकारको अपारदर्शिताबारे प्रश्न उठाएकी हुन् ।
‘हामीले पनि भारतको सीमा मिचेका छौँ भनेर संसदबाटै अभिव्यक्ति दिनुभएका प्रधानमन्त्रीज्यू कता हुनुहुन्छ ? सुस्तामा पटक–पटक भारतीय एसएसबी आएर नेपालीलाई त्रसित बनाउँदा सरकार किन मौन छ,’ सांसद काउचाले भनिन् ।
सांसद काउचाले पश्चिम नवलपरासीको सुस्तामा जेठ १७ र २९ गते भारतीय एसएसबी प्रवेश गरेको उल्लेख गर्दै सीमा रक्षक नेपाली दाजुभाइ दिदीबहिनीलाई सरकारले भरोसा दिन नसकेको आरोप लगाइन् । ‘प्रधानमन्त्रीले मिचेको सीमा खोज्न एसएसबी आएका हुन् कि ?’ उनले व्यङ्ग्य गरिन् ।
सांसद काउचाले सरकारले विभिन्न छानबिन प्रतिवेदनहरू लुकाएको भन्दै आक्रोश व्यक्त गरिन् । गत भदौ २३ र २४ गतेको आन्दोलनका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले बुझाएको प्रतिवेदन, गृहमन्त्री सुदन किराँतीको सम्पत्ति विवादका बारेमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न काउचाले माग गरिन् ।
‘छानबिन समिति बनाउने, प्रतिवेदन बुझ्ने तर सार्वजनिक नगरी उनै व्यक्तिलाई पुनः मन्त्री बनाउने ? प्रतिवेदनमा के छ नेपाली जनताले थाहा पाउनु पर्दैन,’ काउचाले प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण