अनुहार नदेखाउने यी युवतीका इन्स्टाग्राममा लाखौं फलोअर्सः यसैबाट लाखौं आम्दानी, दिलायो जागिर
फेसबुक, इन्स्टाग्रामलगायत सोसल मिडियामा सफल हुनु त्यति गाह्रो मानिँदैन जब तपाईं एक सफल कलाकार वा सेलिब्रिटी हुनुहुन्छ तर तपाईंसँग मिलेको अनुहार, सुगठित शरिर छ भने पनि तपाईं यसमा चर्चित हुनसक्नुहुन्छ । यस्तैमा, पोल्याण्डकी एक २० वर्षीया किशोरीको सोसल मिडियामा लाख फलोअर्स छन् । यहाँ अचम्मको कुरा के छ भने उनले आफ्नो सबै फोटोमा अनुहार नदेखाएरै यति धेरै प्रशंसक कमाउन सफल भएकी हुन् ।
नातालीया गुट्क्विजको सफलताको कथा निकै अचम्मको छ । इन्स्टाग्राम चलाएको तीन वर्षमा उनले जम्मा ४४३ पोष्ट गरिन्– अरु इन्स्टाग्राम स्टारले भन्दा निकै कम– जसले १ लाख १ हजार फलोअर्सलाई आकर्षित गर्न सफल भयो । यो उनले कसरी गरिन् ? २० वर्षीया यी किशोरीका अनुसार उनको यति धेरै फलोअर्स हुनुका पछाडि उनको आफ्नो कुनै पनि पोष्टमा अनुहार नदेखाउनु हो । हो, कहिलेकाँही फलोअर्सले उनको एउटा आँखा, ओठ, टाउकोको पछाडिको भाग देख्ने गर्दछन् तर कसैलाई पनि उनी वास्तविक रुपमा कस्ती देखिन्छिन् भन्ने थाहा छैन । उनले आफ्नो अकाउन्टमा धेरैजसो साथीको फोटो हाल्छिन् र आफूलाई कथाबाचकको रुपमा प्रस्तुत गर्छिन् । कहिले काँही उनी आफू पनि देखिन्छिन् ।
‘मानिसहरु दिनदिनै मेरो अकाउन्टमाथि बढि चासो व्यक्त गरिरहेका छन् । उनीहरु मेरो प्रोफाइलमा पहिलेभन्दा बढि समय बिताउन थालेका छन् । मेरो पूरा अनुहार कतै देखिएको छ कि भनी मानिसहरुले खोज्न थालेका छन्,’ नातालियाले भनिन् । पोल्याण्डमा इन्स्टाग्राम प्रयोगकर्तामध्ये सबैभन्दा चर्चित भइकन पनि आफू परिचित इन्टरनेट सेलिब्रिटी हुन केही रहर नभएको उनी बताउँछिन् ।
नातालिया अन्य इन्स्टाग्राम भन्दा यसकारण पनि भिन्न छिन् किनभने उनी आफ्नो लगातार फोटो खिच्ने गर्दिनन् । उनी भन्छिन्, ‘म त्यस्ती किशोरी होइन जसले एउटा टोस्टको २५० वटा फोटो खिच्छन् र तीमध्ये राम्रो छानेर फेसबुकमा हाल्छन् । म निरन्तर फोटो खिच्ने व्यक्ति होइन । फोटो नराम्रो आउँदा दोस्रो सट लिने गर्दछु तर त्यस्तो बिरलै हुन्छ ।’
अनलाइन सेलिब्रिटी हुन नचाहने नातालियाले इन्स्टाग्रामले आफ्नो जीवनशैली परिवर्तन गरेको स्विकार गर्छिन् । इन्स्टाग्राम एड्भर्टाइजिङ अभियानमा भाग लिने र आफ्नो प्रोफाइलमा विभिन्न सामग्रीको विज्ञापन गर्ने भएकाले यो सोसल मिडिया उनको मुख्य आय स्रोत बनेको छ । साथै उनको यो सफलताले उनलाई जागिरसमेत दिलाएको छ – सोसल मिडिया एक्सपर्टको रुपमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण