सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अचम्मका हेयरस्टाइलिष्टः जसले कपाल काट्दैनन्, आगो लगाउँछन् (भिडियो)

बुधबार, १२ माघ २०७३, १३ : २०
बुधबार, १२ माघ २०७३

कपाल काट्न झन्झटिलो हुने भएकाले कुनै बेला कपाललाई छोट्याउनका लागि आगो लगाइन्थ्यो तर एक हेयरस्टाइलिष्टले आफ्ना क्लाइन्टको टाउकोमा आगो लगाउने गर्दछन् – कपाल कोर्न सजिलो होस् भनेर । उनको यो शैलीले उनलाई रातारात संसारमाझ परिचित बनायो ।

साफ्कत राजपुत पाकिस्तानको पञ्जाब प्रान्तमा बस्ने एक हजाम हुन् । उनले आफ्ना क्लाइन्टको कपालमा आगो लगाइरहेको भिडियो फेसबुकमा पोष्ट भएपछि उनी रातारात इन्टरनेट सेलिब्रिटी बने । उक्त सानो भिडियो क्लिप अनुसार ती युवक हेयरस्टाइलिष्टले कपालमा केही पाउडर छर्किन्छन् र अज्ञात ज्वलनशील तरल पदार्थ हाल्छन् र लाइटरले टाउकोमा आगो लगाउँछन् । कपाल बलिरहेकै अवस्थामा उनले कपाल कोरिरहन्छन् र कोर्दाकोर्दै आगो निभाउँछन् । राजपूतले यस्तो प्रक्रिया दोहोराइरहन्छन् । यसो गरिरहँदा कपाल जलाइएका मानिस भने आफ्नो बलिरहेको टाउको ऐनामा आनन्दले हेरिरहन्छन् ।

राजपूतका अनुसार यस्तो तरिकाले कपाल निकै चम्किलो र सर्लक्क पर्ने बताउँछन् ।

गुगल सर्च गर्दा उनी पाकिस्तानमा एक वर्ष अघिदेखि नै चर्चित भएको देखाउँछ । स्थानीय संचार माध्यमले उनीबारे विभिन्न समाचार प्रेसित गरेपछि अन्ततः उनले अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका छन् ।

हेरौं भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप