सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

संसारको पहिलो रेष्टुरेन्ट जहाँ नग्न भए मात्र छिर्न र खान पाइन्छ

बुधबार, १२ माघ २०७३, १५ : ४७
बुधबार, १२ माघ २०७३

पछिल्लो वर्षको जून ११ तारिखमा यो रेष्टुरेन्टलाई संसारसामू सार्वजनिक गरियो । तपाईंलाई सुन्दा अचम्म लाग्ला रेष्टुरेन्ट खोल्नुभन्दा पहिले नै करिब ४० हजार मानिसले नाङ्गो भएर खाना खाने अनुभव बटुल्नका लागि रेष्टुरेन्टको टेबल बुक गरेका थिए । हो, यो रेष्टुरेन्टमा ती मानिसहरुलाई मात्र प्रवेश दिइन्छ जो पूर्ण रुपमा नग्न हुन्छन् । यतिमात्र होइन, रष्टुरेन्ट भित्र आगन्तुकहरुलाई कुनै पनि कपडा लैजान अनुमति छैन । यहाँसम्म कि रुमाल पनि लैजाने अनुमती छैन ।

लण्डनमा रहेको यो रेष्टुरेन्टको नाम ‘द बुनियादी’ हो । यो रेष्टुरेन्टमा ४२ मानिसहरुले एकसाथ सँगै खाना खाने क्षमता रहेको छ तर जबदेखि यो रेष्टुरेन्ट खोलिएको छ त्यतिबेलादेखि हज्जारौंको संख्यामा मानिसहरुले एडभान्स बुकिङ गराएका छन् । रेष्टुरेन्टका मालिक सेब लियोलका अनुसार उनी ग्राहकलाई एउटा भिन्न र स्वतन्त्र महसुस गराउन चाहन्छन् । यसै कारण उनले यस्तो रेष्टुरेन्ट खोल्ने सोच बनाएको जानकारी दिए ।

विशेष कुराः

– रेष्टुरेन्टलाई थुप्रै भागमा बाँडिएको छ । सबै बाँसले बनेको छ ।

– खाना माटोले बनेको भाँडामा मात्र दिइन्छ ।

– ग्राहकलाई बसाउनका लागि काठको फर्निचर बनाइएको छ ।

– खानालाई पनि ग्याँसको सट्टा दाउरा बालेर आगोमा पकाइन्छ, हाम्रो गाउँघरतिर बनाइने जस्तै ।

– ग्राहकलाई चेन्जिङ रुम र लकरको सुविधा दिइएको छ । साथै क्याबिनबाट रेष्टुरेन्टसम्म जान गाउन पनि दिइन्छ । यहाँ आगन्तुकले फोटो वा सेल्फी खिच्ने अनुमती दिइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप