सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

थाइल्याण्डमा एउटा ठगी यस्तो पनि

शनिबार, १५ माघ २०७३, ०९ : ४७
शनिबार, १५ माघ २०७३

थाइल्याण्डमा मानिसहरुलाई ठगेर उनीहरुको विवाहमा संलग्न हुने र त्यसको लागि पैसा लिने आरोपमा एक बौद्ध भिक्षुकसमेत पाँचजनालाई पक्राउ गरिएको छ ।

ठगका यी समूहले राजपरिवारको नक्कली अधिकारी बनेर विवाहमा संलग्न हुने गरेको बताइएको छ ।

बैंकक नजिकको इलाकामा तीन पुरुष र दुई महिलाले ठगीको यो काम पछिल्लो थुप्रै वर्षदेखि चलाउँदै आएका थिए जसमार्फत उनीहरुले ५ लाख डलरको कमाई गरेको बीबीसीले बताएको छ ।

पुलिसका अनुसार उक्त समूहले राजकीय परिवारसम्बन्धि नक्कली कागज पनि तयार गरेका थिए । एक दम्पत्तीको आरोपपश्चात् उनीहरुको ठगीको पर्दाफास भएको हो ।

थाइल्याण्डमा राज परिवारलाई निकै सम्मान दिइन्छ र राजपरिवारको सदस्यको रुपमा आफूलाई पेश गर्नेहरुका लागि लामो कैदको सजायँ हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप