सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

समुन्द्रभित्र यो जोडीले गर्यो अचम्मको विवाह, हेर्नुहोस् तस्बिर

शनिबार, १५ माघ २०७३, १३ : ३८
शनिबार, १५ माघ २०७३

हुन त तपाईंले थुप्रै विवाह देख्नुभएको होला तर केरलमा शुक्रबार एउटा अचम्मको विवाह भयो जुन विरलै हुन्छन् । एक भारतीय दुलहाले विदेशी दुलहीसँग गहिरो समून्द्र मुनी विवाह गरेका छन् । यो अचम्मको विवाह २७ जनवरी केरलको कोवलमको तटमा भयो ।

महाराष्ट्रमा बस्ने निखिल पवारले स्लोभाकियाकी यूनिका पोगरणलाई समून्द्रको गहिरो पानीमा आफ्नो दुलही बनाए । यो विवाह समारोह करिब एक घण्टासम्म चल्यो । यो विवाहमा निखिलका केही नजिकका साथीहरुले भाग लिए ।

आयोजकको दाबी अनुसार यो भारतको पहिलो विवाह हो जुन पानीभित्र भयो । विवाह आयोजना गर्ने बान्ड सफारीले समुन्द्र भित्र एउटा सानो मण्डप बनाएका थिए ।

निखिल एक डाइभिङ इन्स्ट्रक्टर हुन् र उनी आफ्नो विवाह केही भिन्न र रोचक बनाउन चाहन्थे । जब निखिलले यूनिकालाई यसबारे जानकारी दिए तब यूनिका सुरुमा नर्भस भएको बताइएको छ । निखिलले सान्त्वना दिएपछि उनी यसको लागि राजी भएको स्रोतले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप