सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

साउदी अरबका राजकुमारले ८० बाजका लागि विमानको सीट बुक गराएपछि हंगामा

मङ्गलबार, १८ माघ २०७३, १२ : ४३
मङ्गलबार, १८ माघ २०७३

साउदी अरबका राजकुमारले आफ्ना ८० वटा बाजका लागि विमानमा सीट बुक गराएका छन् । फ्लाइट क्याप्टेनले यो फोटो इन्टरनेटमा हालेपछि सोसल मिडियामा हंगामा भएको छ । उक्त फोटो रातारात भाइरल पनि भयो । स्मरण रहोस् खाडी देशमा बाजलाई मानिस सरह सम्मान दिइन्छ ।

– साउदी अरबसमेत थुप्रै देशमा बाजविरुद्ध भेदभाव रोक्नका लागि कानून पनि बनाइएको छ ।

– यो देशमा कुनै पनि व्यक्ति बाजसँग रेष्टुरेन्टमा खाना खान जान्छ भने बाजलाई बस्नका लागि छुट्टै व्यवस्था मिलाइएको हुन्छ ।

– यद्यपी, यो कुन एयरलाइन्सको हो भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।

फ्लाइटको बीचको सीटमा बसेका थिए बाजः

– राजकुमारले सबै बाजका लागि फ्लाइटको बिचको सीट बुक गराएका थिए ।

– यात्रुहरु फ्लाइटमा बसेपछि सबै हैरान थिए ।

– एक यात्रुले भने, ‘एकदमै नयाँ अनुभनव थियो । यस्तो प्रकारका यात्रुसँग हावामा उड्नु मजा नै बेग्लै ।’

सबै बाजले हूड लगाएका थिएः

– यी सबै बाजलाई हूड लगाइएको थियो । जसले उनीहरुको टाउको देखि आँखासम्म छोपिएको थियो ।

– चरालाई शान्त राख्नका लागि यस्तो हूड लागाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप