महिलाको कानको प्वालमा अजिंगर फसेपछि...
बिहीबार, २० माघ २०७३, ०८ : ५२
अमेरिकाको राज्य ओरेगनमा बस्ने एक महिलाको एक घर पालुवा अजिंगर उनको कानको प्वालबाट निस्कने कोसिसमा प्वालभित्रै फसेको छ ।
ऐशली ग्लाईले आफ्नो फेसबुकमा आफ्नो तस्बिर पोष्ट गरेकी छिन् जसमा उनको कानको प्वालभित्र पाइथन अड्किएको देख्न सकिन्छ ।
फोटो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘अहिलेसम्मको मेरो सबैभन्दा पागलपनले भरिएको स्थिती । मेरो पाइथन मेरो कानको प्वालमा फस्यो र मैले यसका लागि इमर्जेन्सी रुममा जानु पर्यो ।’
आफ्नो सानो अजिंगर बार्टलाई उनले बोकिरहेकी थिइन् र अचानक अजिंगर उनको कानको प्वालमा छिर्न थालेको उनले बताइन् । निस्कने क्रममा उक्त अजिंगर बिचमा नै अड्किएको उनले जानकारी दिइन् ।
ऐशली भन्छिन्, ‘यो सबै निकै अचानक भयो जबसम्म मलाई यसबारे थाहा भयो तब निकै ढिलो भइसकेको थियो ।’
आफूलाई भन्दा पनि आफ्नो घरपालुवा अजिंगरलाई केही होला कि भन्ने चिन्ता आफूलाई भएको तर सबैकुरा ठिक भएको उनले जानकारी दिइन् ।
उनले आफ्नो साथीलाई अनलाईनमार्फत भनिन्, ‘डाक्टरले यसको लागि मेरो कान काटेनन् । मेरो कानलाई लठ्याएर अजिंगरलाई बलजफ्ती ताने र उक्त प्वालबाट बाहिर निकाले ।’
अजिंगर अवस्था ठिक रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण