त्यस्ता ९ फोटोः जस पछाडिको कहानी निकै डरलाग्दो छ
फोटो, पुराना यादहरुलाई संग्रह गर्नका निमित्त खिचिन्छन् । धेरैजसो हामी रमाइलो क्षणमा फोटो खिच्न मन पराउँछौं तर कुनै फोटो यस्ता हुन्छन् जसको पछाडिको कहानी निकै डरलाग्दो हुन्छ जसले सबैको मुटु कपाउँछ । आज हामी तपाईंलाई त्यस्तै फोटो देखाउँदै छौं ।
रुसमा बस्ने २२ वर्षीया जूलिया पोपोवको यो तस्बिरले निकै भयानक देखिन्छ । सन् २००८ मा उनको अगाडि डकैती गरिएको थियो । त्यतिबेला उनी यति डराएकी थिइन् कि उनी निकै आत्तिदै आफ्नो घर फर्किइन् । घर पुगेपछि उनलाई थाहा भयो कि उनको गर्धनमा लुटेराहरुले ६ इन्चको चक्कु प्रहार गरिदिए । जूलिया अस्पताल गएपछि उनको यो तस्बिर खिचिएको हो । डाक्टरले निकै मुश्किलले जूलियाको ज्यान बचाएका थिए । १० दिनसम्म अस्पतालमा बिताएपछि जूलिया घर फर्कन सकिन् ।
तीन दिनसम्म यहाँ फसिन् यी किशोरी, सबैको अगाडि भयो मृत्युः
सन् १९८५ मा इन्डोनेसियामा भएको ज्वालामुखी बिस्फोटमा अर्मेरो शहर ध्वस्त भएको थियो । त्यही ज्वालोमुखीको लाभामा फसिन् १३ वर्षीया किशोरी ओमायरा सांचेज गर्जों । ती किशोरीको खुट्टा नकाटीकन उनलाई उक्त लाभाबाट निकाल्न असम्भव थियो । त्यहाँ उपस्थित डाक्टरहरुसँग आवश्यक स्रोत साधन थिएन । त्यसकारण उनलाई मर्नका लागि छोडिदिने निर्णग गरियो । ६० घण्टासम्म यी बालिका आफ्नो मृत्युको प्रतिक्षा गरिरहिन् । अन्तिम अवस्थामा उनको फोटो यस्तो थियो ।
जमिनभन्दा थुप्रै फिटमाथि अचानक भयो मृत्युः
सन् २०१३ को अक्टोबरमा नेदरल्याण्डमा एक विन्ड टरबाइनको मर्मत गर्दागर्दै तयसमा आगो लाग्यो । त्यतिबेला दुई इन्जिनियर टरबाइनमाथि थिए । आगो लागेका कारण दुबैले त्यहाँबाट हाम फाले । तर निकै माथिबाट खसेर कारण उनीहरुको मृत्यु भयो । यस्तै अर्का व्यक्तिको भने आगो लागेका कारण मृत्यु भयो ।
जब अचानक क्यामरामा कैद भयो आत्महत्याको घटनाः
चीनको वुहान यांगतजे नदीमा बनेको पुलको किनारामा मानिसहरु कुरा गर्दै थिए । त्यहाँ उपस्थित रहेका एक व्यक्तिले फोटो खिचिरहेका थिए । फोटो खिचेपछि उनले एउटा फोटोमा छायाँजस्तो देखे । वास्तवमा, अन्जानवश यो फोटोमा एक व्यक्तिको आत्महत्यको घटना कैद भएको थियो ।
जब मानिसले भरिएको पुलमा हालियो एसिडः
यो तस्बिर सन् १९६४ मा कैद गरिएको हो । होटल मालिक पूलमा नुहाइरहेका नेग्रो मानिसहरुमाथि एसिड हालिरेहको फोटोमा देख्न सकिन्छ । मानिसहरु चिच्याइरहेको देख्न सकिन्छ ।
पार्किङमा भेटियो यो फोटो, तर फोटोका मानिस कहिले भटिएनन्ः
सन् १९८९ मा फ्लोरिडाको एक स्टोरको पार्किङमा यो फोटो भेटिएको थियो । तर यो फोटोमा रहेका मानिस को थिए भन्ने कहिले पत्ता लागेनन् । फोटोमा देखिएकी युवती १९ वर्षकी तारा क्यालिको भएको केहीले बताए जसलाई सन् १९८८ पछि उनीहरुलाई कसैले पनि देखेनन् । यो फोटो बाहेक उनीहरुलाई कहिले देखिएन ।
जब प्लेनबाट यी व्यक्तिले लगाए छलाङः
सिड्नीबाट उडान भरेको जापान एयरलाइन्सको यो फ्लाइटमा एक व्यक्ति टिकट बिना नै बसेका थिए । पछि अचानक उनले उडान भरिसकेको फ्लाइटबाट छलाङ लगाए । टाढा रहेका व्यक्तिको क्यामराको उनको अन्तिम छलाङ कैद भयो ।
मृत्युलाई हाँस्दै अंगालो हालेः
अनुहारमा मुस्कान लिएर उभिएका यी व्यक्तिको मृत्यु केही सेकेन्डमात्र टाढा थियो । अमेरिकीले रुसका यी जासूसलाई पक्राउ गरेका थिए र गोली हान्न लागेका थिए । तर उनको अनुहारमा कुनै पीडा थिएन । आफ्नो अन्तिम तस्बिर उनले हाँसेरै खिचे ।
कैद गरे आफ्नै मृत्युः
यो फोटो रेय्नाल्डो दस्गा नामका एक व्यक्तिले खिचेका थिए । आफ्नो परिवारको तस्बिर खिच्दै उनले आफ्नो मृतयुलाई क्यामरामा कैद गरे । फोटोमा देख्नसक्नुहुन्छ एक व्यक्ति बन्दुक तेर्साइरहेका छन् । ती व्यक्तिले नै रेय्नाल्डोलाई गोली हानेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण